IME Life

विपत कुनै संकेत दिएर आउदैँन, त्यसलाई सामना गर्न बीमा गरौँ

SPIL
NIC ASIA

कसले नसोचेको हुँदो हो र जीवन सरल अनि सहज तरिकाले वितोस् । सरलै सरल अनि सहजै सहज होस् भन्ने धारणा सबैमा हुन्छ। तर यस्तो किसिमको धारणा  हुँदाहुँदै पनि हामि आजका लागि मात्रै गर्छौ । तर अह भोलिको सुरक्षाको लागि खासै मतलव राख्न चाहादैनौँ । यो आम मानिसहरुमा रहेको स्वभाव नै हो ।

आज पनि नेपाली समाजमा भोलिको जोखिमको लागि कल्पनीने वातावरण रहेको पाईदैन् ।  भविष्यमा आउन सक्ने बिपत्ति तथा जोखिमको कारण बाट उत्पन्न हुन सक्ने आर्थिक संकटको सुरक्षा प्रदान गर्ने एउटा भरपद्रो माध्यम बीमा बन्न सक्छ । भनिन्छ नि आपत्त बिपत्ति कुनै बाजा बजाएर वा ढोल पिटेर आउँदैन । त्यसैले भविश्यमा पर्न सक्ने भवितव्य आपत्त बिपत्ति तथा जोखिमको कारण बाट पर्न सक्ने आर्थिक संकटको समाधानको लागि हामिले बीमा कम्पनीलाई बीमा पोलिसीमा तोकिए बमोजिम शुल्क बुझाइ जोखिम हस्तान्तरण गर्न सक्छौँ ।

Prabhu
Crest

जीवनमा कत्ति बेला केके जोखिम आईपर्ने हुन् कसलाई के थाहा र । मानवीय जीवनमा जोखिम अन्श्चित हुन्छन् । काम गर्न सकुञ्जेल र केही पैसा रहुँञ्जेल म छु भन्नेहरुले पनि एक दिन सबैले हेर्न छोड्छन् । भविष्यमा जोखिम म आए है भन्दै पक्कै पनि आउँदैन्, त्यसैले आज केही छउञ्जेल र गर्न सकुञ्जेल हामिले भोलिका लागि केही सोच्नु पर्ने नै हुन्छ । आजको सही निर्णयले भविष्यमा पर्न गएको ठुलो समस्या लाई पनि सहज वातावरण सृजना हुने खालको सोच राख्नु पर्ने हुन्छ ।

भविष्य कसले देखेको हुन्छ र । दुर्घटनामा परि हात खुट्टा भाँचिएर हामि अपाङग बन्न सक्छौँ के भरोसा मृत्यूको मुख मै  पुगिने पो होकि । दुर्घटना अनि जोखिमहरु सँग मानिस प्राय टाढै रहन चाहान्छ । तपाई हाँमि रमाएर बसेको घर आगो लागेर खरानि पो हुने हो कि, भुकम्प आएर चिटिक्क सजिएको सुन्दर घर तहसनहस हुने हो कि । जसले गर्दा तपाई हाम्रो जीवनमा आर्थिक संकट सृजना हुन्छ । यदि तपाईले बीमा गराउँनु भयो भने तपाई लाई बीमा कम्पनीले आर्थिक सुरक्षाको व्यवश्था गर्छ । बीमा नाफा आर्जन गर्ने व्यवसाय मात्र होईन यो त सेवा गर्ने र आर्थिक सुरक्षा दिने एक भरपद्रो व्यवश्था पनि हो । बीमा समाजका विभिन्न क्षेत्रमा सहयोग गर्ने एक माध्यम हो ।

भविष्यमा पर्न गएको भवितव्य जोखिम लाई सामना गर्ने केही आधार नहुदाँ केहि हद सम्म बीमाले सहयोग गर्ने गर्दछ । खतरायुक्त जीवन र सम्पत्तिको रक्षावरण गर्नका लागि बीमा आवश्यक छ । भविष्यमा हुने भवितव्य दुर्घटना पछि आउने आर्थिक क्षतिपूर्ति सहजै प्राप्त गर्न बीमाको आवश्यकता पर्दछ ।

बीमा एक किसिमको सामाजिक सेवा हो, बीमा सम्बन्धि ज्ञान बाट बीमितको सामाजिक ज्ञान, सद्भाव, हुनुका साथै अप्ठेरोपनलाई पनि सजिलै सँग पार गर्न सक्ने हिम्मत प्राप्त हुन्छ । जसबाट आर्थिक सुरक्षा पनि हुने गर्दछ । बीमा एक किसिमको मानव सेवा हो, साथै आम्दानीको एक पाटो पनि । आजको सानो रकमले भोलि हाम्रो जीवनमा पर्न गएको आर्थिक जोखिम सँग लड्न यसले मद्दत गर्दछ ।

अहिलेको समयमा बीमा अपरिहार्य छ । कुनै एक बीमा पोलिसी खरिद गरी राख्यो भने भविष्यमा पर्न सक्ने आर्थिक भारलाई केही हदसम्म यसले मद्दत गर्नेछ । आपत्त विपत्त परेको खण्डमा यसले अवश्य साथ दिन्छ ।

यस्तै, बीमा भनेको अनिवार्य बचत हो, अरु बचतलाई हामि आवश्यक पर्न साथ चलाउछौँ तर बीमाको बचत लाई चलाईँदैन् र अन्तिममा एकमुष्ट रकम प्राप्त हुन्छ । बीमा सुरक्षा पनि हो, कुनै एक व्यक्ति आज बिहान देखि बेलुकी सम्म खटेर आफ्नो परिवारको लागि काम गरिरहेको हुन्छ । यदि केही गरि उसको परिवारमा उसको अभाव रहन गयो भने उसको परिवार लाई पर्न गएको आर्थिक भारलाई कम गर्न चाँहि बीमाले मद्दत गर्दछ ।

मानव जीवन र सम्पत्ति माथि पर्न गएको आर्थिक भार लाई बीमा कम्पनीहरुले बहन गर्दछन् । बीमा कम्पनीहरुले बीमितको जीवन र सम्पत्तिको दायित्व सम्बन्धि विभिन्न खालका जोखिमहरु बहन गरेर आर्थिक सुरक्षा प्रदान गर्ने गर्दछन् ।

मानविय जीवन र भौतिक सम्पत्तिमा आई पर्ने जोखिमहरु लाई आर्थिक सुरक्षा गर्ने एक मात्र भरपद्रो माध्यम बीमा हो । त्यसैले भविष्यमा आईपर्न सक्ने जोखिमहरु लाई सामना गर्नका लागि बीमा जरुरी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS