IME Life

७ वटै प्रदेशमा रेडक्रसको निर्वाचन सम्पन्न :केन्द्रीय सभाको मिति तोकियो

SPIL
NIC ASIA

नेपाल रेडक्रस सोसाइटीको प्रदेश नं ३ को समितिको निर्वाचन हिजो शनिवार सम्पन्न भएको छ । प्रदेश समितिको नेतृत्वको लागि पहिलो पटक भएको निर्वाचनमा भोलानाथ रुपाखेती अध्यक्षमा निर्वा्चित भएका छन् ।

Prabhu
Crest

त्यस्तै नुवाकोटका रामजी पौडेल महासचिवमा र कोषाध्यक्षमा सिन्धुपाल्चोकका भरत बस्नेत निर्वा्चित भएका छन् । यस अघि प्रदेश सभाको कार्यक्रमको ३ नंवर प्रदेशका मुख्यमन्त्री माननीय डोरमणी पौडेलले समुदघाटन गरेको थियो ।

यो समेत नेरेसोका सवै प्रदेशहरुको निर्वाचन सम्पन्न भएका छन् । तीमध्ये प्रदेश १, प्रदेश २, गण्डकी, ५ र ६ नंवर प्रदेशका कार्यसमिति निर्विरोध चयन भएका हुन् । ३ नंम्बर र सुदुरपश्चिम प्रदेशमा भने निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

प्रदेश नं १ को चैत्र २९ गते सम्पन्न निर्वाचनमा धनकुटाका नरेन्द्र पोखरेल प्रदेश समितिको अध्यक्षमा र मोरङका ऋषिकेश कोइराला महासचिवमा निर्विरोध निर्वा्चित हुुनुभएको छ । त्यस्तै झापाका ओम प्रकाश गौतम कोषाध्यक्ष र झापाकै कृष्ण मैनाली उपमहासचिवमा चयन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्य समितिको चैत्र २६ गते भएको निर्वाचनमा अध्यक्ष पदमा कञ्चनपुरका केशवदत्त पन्त निर्वा्चित हुनुभएको छ । उपाध्यक्षमा जीवन राना, महासचिवमा देव बोहरा र कोषाध्यक्षमा हर्कराज शर्मा चयन भएको छ ।

नेपाल रेडक्रसको गण्डकी प्रदेशको समितिमा कास्कीका सूर्य प्रसाद ढकाल अध्यक्ष र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वा्चित भएका छन् । त्यस्तै चैत्र २२ मा महोत्तरीमा सम्पन्न २ नंबर प्रदेशको सभाले पर्साका फूल महमद मिँयाको अध्यक्षतामा प्रदेश कार्यसमितिको निर्वाचन गरेको हो । महासचिवमा सिरहाका चन्द्रेश्वर मण्डल र कोषाध्यक्षमा बाराका दिव्यनाथ श्रेष्ठ निर्वा्चित भएका छन् ।

चैत्र २० गते ५ नंवर प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सुभारभ्भ गरेको लुम्बिनीमा सप्पन्न ५ नं प्रदेशको प्रथम प्रदेश अधिबेशनले अर्घाखाँचीका शम्भु पोख्रेललाई अध्यक्ष, रुपन्देहीका कृष्ण पगेनीलाई महासचिवमा र कोषाध्यक्षमा बाँकेका राज कुमार बर्मालाइ निर्वा्चित गरिको हो ।

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश समितिको अध्यक्षमा दैलेखका भेषबहादुर थापा र महासचिवमा सुर्खेतका कृष्णबहादुर थापा सहित समितिमा १२ जना पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वा्चित भएका छन् । निर्वा्चित हुनेमा पदाधिकारीमा उपाध्यक्षमा हुम्लाका विजय बुढा, कोषाध्यक्षमा रुकुमका नरबहादुर नेपाली, उपमहासचिवमा जाजरकोटका बीर बहादुर बस्नेत र उपकोषाध्यक्षमा जुम्लाका नन्दलाल रावत रहेका छन् ।

नेपाल रेडक्रसको केन्द्रीय सभाको अधिवेशन सुनसरीमा वैशाख २३ देखि २५ सम्म आयोजना हुने गरी मिति तोकिएको छ । यस पटक गत विशेष अधिवेशनबाट पारित विधानको व्यवस्था अनुसार हरेक पदहरुमा निर्वाचन गरी नेतृत्व केन्द्रीय चयन हुने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS