IME Life

एलआईसीको धन वृष्टि योजना बन्यो लोकप्रिय, ५ हजार १ सय २२ बीमालेख जारी

SPIL
NIC ASIA

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले बजारमा ल्याएको धन वृष्टि योजनाको बिक्रीमा ऐतिहासिक रेकर्ड कायम गर्न सफल भएको छ । कम्पनीको उक्त बीमा योजना चैत्र २९ गते सार्वजनिक भएको थियो । सार्वजनिक भएको छोटो समयमा नै कम्पनीको सो बीमा योजना लोकप्रीय बन्न सफल भएको छ ।

कम्पनीले ल्याएको धन वृष्टि योजना विक्री शुरु गरेको पहिलो दिनमा ५ हजार १ सय २२ वटा बीमालेखहरु विक्री गरी  साढे ८ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

कम्पनीले पहिलो दिनमा देशभरीका शाखा कार्यालयबाट ५ हजार पोलिसीहरु विक्री गर्ने लक्ष्य राखेको थियो । यस कम्पनीले देश भरीका ७ सय ४६ अभिकर्ताहरुले धन वृष्टि बीमालेख पहिलो दिनमा विक्री गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री एल.पी.दासले यो पोलिसी खरीद गर्ने सम्पूर्ण पोलिसीहोल्डरहरु, अभिकर्ताहरु र कर्मचारीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरे । दासले आउने दिनहरुमा त्यस्तै लोकप्रिय अरु बीमालेखहरु चाडैं बजारमा ल्याउने प्रतिबद्धता जनाए । यो ऐतिहासिक सफलता प्राप्त गरेकोमा कम्पनीले आफ्नो कर्पोरेट कार्यालयमा केक काटेर हर्षोल्लासका साथ कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नेपाली बजारमा धन वृष्टि योजना अत्यन्त लोकप्रिय भएको र आउने दिनहरुमा यो योजनाको विक्री बढ्ने विश्वास व्यक्त गरे ।

धन वृष्टि योजना एक धन फिर्ता योजना हो । १३ देखि ६० बर्षसम्म उमेरका व्यक्तिहरुले बीमा लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँ कायम गरिएको छ । यो योजना १० र १५ वर्ष अवधिको लागि उपलब्ध छन् । १० वर्षे योजनामा ३ र ६ वर्षमा बीमाड्ढको ३३र३३ प्रतिशत र १० वर्षमा बीमाड्ढको ३४ प्रतिशतका साथमा बोनस रकम एकमुष्ट प्राप्त हुन्छ ।

त्यस्तै १५ वर्षे योजनामा ३ , ६ , ९, १२ वर्षमा बीमाड्ढको १५र१५ प्रतिशतका दरले रकम फिर्ता हुने र १५ वर्षमा ४० प्रतिशतका साथमा बोनस रकम एकमुष्ट प्राप्त हुन्छ । यो योजनामा अधिकतम् रु.७५ लाख सम्मको दुर्धटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध छन् । साथै दई वर्षको बीमा शुल्क भुक्तानी पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS