नेप्से ४.९९ अंकले बढ्यो, ८२ करोड माथिको कारोबार

साताको अन्तिम चौथो नेप्से ४ दशमलव ९९ अङ्कले बढेर १२१७ दशमलव ०४ अङ्कमा बन्द भएको छ । ८२ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ, होटल, डेभलपमेन्ट बैंक र जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबैभन्दा धेरै एनएमबी बैंकको ७ करोड २६ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै सिभिल लघुवित्तको सेयरमा ५ दशमलव ७५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ४ दशमलव ०८ प्रतिशतले घट्न पुग्यो ।

जीवन बीमामा हरीयालि छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार