IME Life

बैंकास्योरेन्सको विकृति

SPIL
NIC ASIA

बीमा कम्पनी र बैंक बिच हुने गरेको कथित बैंकास्योरेन्स सम्झौताका कारण बजारमा विकृति बढ्न थालेको छ ।बैंकास्योरेन्स सम्झौताको नाममा बैकहरुले बीमा कम्पनी सँग मुद्धती निक्षेपका लागि बार्गेनिगं गर्न थालेका छन् ।

अहिले बजारमा एक भन्दा बढी बैंक तथा बीमा कम्पनीले एक आपसमा बैंकास्योरेन्स सम्झौता थालेका छन् । बैंकास्योरेन्स मार्फत बीमा कम्पनीलाई बीमा व्यवसाय दिने भन्दै बैंकहरुले निक्षेपका लागि बैंकास्योरेन्सले बार्गेनिगं गर्ने गरेको एक बीमा कम्पनीका शाखा प्रमुखले बताए । उनका अनुसार बैंकास्योरेन्सले सोही खालको बार्गेनिगं गर्ने बीमा कम्पनीसँग गर्ने गरेका छन् । ‘तपाईको कम्पनीलाई हामी निश्चित रकम सम्मको बीमा व्यवसाय दिन्छौ । त्यसैले तपाईले हाम्रो बैंकमा रकम तोकेर नै मुद्धती निक्षेप जम्मा गर्नुहोस् भन्छन्,’ उनले भने । फेरी यही खालको बार्गेनिगं अर्को बीमा कम्पनीसँग पनि गर्ने गरेको उनले बताए ।

Prabhu
Crest

व्यवसाय आउँने आशमा बीमा कम्पनीले पनि बैंकले भनेकै ब्याजदर र निक्षेप जम्मा गर्छन् । तर,  बैंकले सोही अनुसारको व्यवसाय नदिने गरेको उनले बताए । त्यति मात्रै हैन बैंकले बार्गेनिगं गरेर तोकेको ब्याजदरमा निक्षेप जम्मा गर्दा बीमा कम्पनीको प्रतिफल कम हुने उनले बताए । ‘यदी सोही रकम अर्को बैंकमा जम्मा गर्ने हो भने धेरै ब्याज पाउँन सकिन्थ्यो, तर बीमा व्यवसाय पाउँने आशमा रकम जम्मा गर्दा दोहोरो घाटा हन्छ,’ उनले भने । यो भनेको कम्पनीको लगानीकर्ता र बीमितलाई गरिएको घात हो ।

पछिल्लो समयमा बैंक तथा बीमा कम्पनी बिच संस्थागत सम्झौत हुने प्रवृति बढ्दो छ । तर, यसलाई कम्पनीहरुले बैंकासुरेन्स भन्दै प्रचार गरेका छन् । बैंकास्योरेन्सको प्रकृति अनुसार यो सम्झौता भए पनि कम्पनीहरुले बजारीकरणको लागि बैंकासुरेन्स भन्ने गरेका छन् । बीमा समितिले पनि बैंकास्योरेन्सलाई व्यवस्थित गर्न निर्देशिका जारी गर्ने तयारी गरेको छ । तर, बीमा अभिकर्ताहरुले भने यसको विरोध गर्दै आएका छन् । उनीहरुले बैंकास्योरेन्सले अभिकर्ताको रोजीरोटी खोसिने बताएका छन् । त्यसैले नेपालको लागि अहिले यो उपयुक्त नहुने पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बताए ।

बीमा समितिका बीमा विज्ञ भोजराज शर्माले भने कानुन बिना नै बैंकास्योरेन्स सम्झौता गर्न नहुने बताएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS