इटहरीमा अजोड इन्स्योरेन्सको नयाँ शाखा

इटहरीमा अजोड इन्स्योरेन्सको नयाँ शाखा सञ्चालनमा आएको छ । कम्पनीका अध्यक्ष विनोदप्रसाद विष्ट र कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ इटहरीका कार्यवाहक अध्यक्ष शैलेशकुमार बिष्टले इटहरी शाखाको द्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि विष्टले इटहरी व्यावसायिक हब बन्दै गएको भन्दै वित्तीय कम्पनी आउनुले आधुनिक शहरको परिचय थपिँदै गएको बताए ।

कम्पनीका अध्यक्ष विनोदप्रसाद विष्टले व्यक्तिको सम्पत्तिको रक्षा गर्ने बानीको विकास हुँदै गएको बताए । अजोड कम्पनी भरपर्दो र विश्वासिलो भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार