अजोड इन्स्योरेन्सको नयाँ शाखा लाहानमा

अजोड इन्स्योरेन्स लिमिटेडले सिराहाको लाहानमा शाखा सञ्चालनमा ल्याएको छ । शाखा कार्यलयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको सभापतीत्वमा उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोक लाल अमात्य बाट सम्पन्न भएको हो ।

लाहान शाखा उद्घाटन समारोहमा संस्थाका नायब कार्यकारी अधिकृत सुरेन्द्र थापाले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावी कार्य योजन तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे ।

सो अवसरमा शेख मिडिया हाउसप्रा.लि.का अध्यक्षश्री फिरोज शेख तथा रेडियो समग्र लाहानका अध्यक्ष भैरब गेलालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको र संस्थाले निर्जिवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु त्था दावी भुक्तानी छिटो र छरितो तरिकाले उपलब्ध गराउन यस शाखाको स्थापना गरिएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार