IME Life

तीन लघुवित्तले निकाले तेश्रो त्रैमासको रिपोर्ट, हेरौ कम्पनी विस्लेषण

SPIL
NIC ASIA

बैशाख ३ गते सम्मतीनवटा लघुवित्तले आर्थिक वर्ष७५/७६को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन्।तीन कम्पनीलाई इन्स्योरेन्स खबर टीमले गरेको अध्ययन:

एनएमबी माईक्रोफाईनान्स
एनएमबी माईक्रोफाईनान्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास रिपोर्ट प्रकाशन गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीले चालु आर्थिक वर्षको तश्रो त्रैमासमा आफ्न खुद नाफा ५३ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले ३ करोड ३२ लाख खुद नाफा गरेको छ।

Prabhu
Crest

कम्पनीको चुक्ता पुँजी १५ प्रतिशतले वृद्धि भएको र खुद नाफामा आएको ५३ प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानी ३३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रति शेयर आम्दानी २७ रुपैयाँ ३९ पैसा रहेको छ, गत वर्ष तेश्रो त्रैमास सम्म आउँदा कम्पनीको प्रति शेयर आम्दानी २० रुपैयाँ ६४ पैसा थियो ।
कम्पनीले ९६ करोड ११ लाख निक्षेप संकलन गरेको छ भने १ अर्ब ८७ करोड सापटी लगेको छ । त्यस्तै कम्पनीले २ अर्ब ७९ करोड कर्जा प्रवाह गरेको छ । निक्षेप ५६ प्रतिशतले वृद्धि भएको छ भने सापटी रकम २० प्रतिशतले वृद्धि भएको छ । कर्जा प्रवाह ३१ प्रतिशतले वृद्धि भएको छ ।

प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी २० प्रतिशतले वृद्धि हुँदै १४ करोड ३० लाख पुगेको छ । मूल्य आम्दानी अनुपात ३८ गुणा छ भने मूल्य र किताबी मूल्यको अनुपात ६  गुणा छ ।

फर्स्ट माईक्रोफाईनान्स
फर्स्ट माईक्रोफाईनान्सले चालु आर्थिक वर्षको तश्रो त्रैमासमा आफ्नो खुद नाफा २६ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले ९ करोड १८ लाख खुद नाफा गरेको छ।

कम्पनीको चुक्ता पुँजी २१ प्रतिशतले वृद्धि भएको र खुद नाफामा आएको २६ प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानी ४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ ९९ पैसा रहेको छ, गत वर्ष तेश्रो त्रैमास सम्म आउँदा कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ २५ पैसा थियो ।

कम्पनीले ४ अर्ब ७५ करोड सापटी लगेको छ । त्यस्तै कम्पनीले ५ अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ । सापटी रकम २६ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ३४ प्रतिशतले वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी २१ प्रतिशतले वृद्धि हुँदै १४ करोड ४९ लाख पुगेको छ । मूल्य आम्दानी अनुपात २२ गुणा छ भने मूल्य र किताबी मूल्यको अनुपात ३ दशमलव १३  गुणा छ ।

स्पर्श माईक्रोफाईनान्स
भर्खरै मात्र आईपीओ निस्काशन गरेको स्पर्श माईक्रोफाईनान्सले चालु आर्थिक वर्षको तश्रो त्रैमासमा ६० लाख ३९ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनी नोक्सानीमा थियो । कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा रहेको छ, गत वर्ष तेश्रो त्रैमास सम्म आउँदा कम्पनीको प्रति शेयर आम्दानी १३ रुपैयाँ ३७ पैसा ऋनात्मक थियो ।


कम्पनीले १३ करोड ८८ लाख निक्षेप संकलन गरेको छ भने ५९ करोड ९४ लाख सापटी लगेको छ । त्यस्तै कम्पनीले ७५ करोड ३८ लाख कर्जा प्रवाह गरेको छ ।
निक्षेप २७८ प्रतिशतले वृद्धि भएको छ भने सापटी रकम २०९ प्रतिशतले वृद्धि भएको छ । कर्जा प्रवाह १८६ प्रतिशतले वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ३८४ प्रतिशतले वृद्धि हुँदै २ करोड २४ लाख पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS