IME Life

बैंकास्योरेन्सले अभिकर्ताको रोजी रोटी खोसिनेछ- ऋषिराम भुसाल

SPIL
NIC ASIA
ऋषिराम भुसाल

ब्यबस्थापन संकायमा स्नातक तह उत्तिर्ण गेरेका ऋषिराम भुसाल पेशाले एक बीमा अभिकर्ता हुन् । २०६१ आश्विन १३ गते देखि उनी बीमा अभिकर्ता पेशामा आवद्ध छन् । भुसाल अहिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिनियर एजेन्सि म्यानेजरका रुपमा काम गर्छन् । उनी पेशागत बीमा अभिकर्ता संघको सचिव पनि हुन् ।

अभिकर्ता पेशा स्वतन्त्र पेशा भएकाले यो पेशामा आवद्ध हुन पुगेका भुसाल भन्छन्, जोखिममा परेको, दुखमा परेकोलाई राहत वा सेवा गर्ने अबसर मिल्ने भएकोले यो पेशा अपनाएको हुँ । “धेरै आम्दानी गर्नु मात्र ठूलो कुरा होइन, दीन दुखी र असाहायको सेवाको साथ साथै समाज र राष्ट्र सेवा गर्ने अबसर पाउनुले ठूलो महत्व राख्दछ । त्यसैले यो पेशा रोजे,” उनले बताए ।

Prabhu
Crest

बजारमा जाँदा धेरै मानिससँग भेट्दा नयाँ कुरा सिक्ने अबसर मिल्दछ । धेरै बिशिष्ट मानिससँगको अनुभवको आदानप्रदान गर्ने अबसर मिल्छ उनीहरुसँग सामीप्यता राख्ने अबसर मिल्दछ । त्यसैले यो पेशा रोज्न पुगे,’ भुसालले बताए ।

नेपाल लाईफ इन्स्योरेन्सका वरिष्ठ सहायक महाप्रबन्धक उमापती पोखरेलले उनलाई यो पेशामा आवद्ध हुन प्रेरित गरेका थिए । उनकै प्रेरणाले भुसाल आज यहाँसम्म आई पुगेका छन् । भुसाल भन्छन्, मलाई यो क्षेत्रमा ल्याउन उत्प्रेरित गर्नु भयो उहाँप्रति म आभारी छु । यस क्षेत्रमा लागेका अगुवा साथीहरूको जीवन स्तरमा आएको परिवर्तनले मलाई यो क्षेत्रमा आउन प्रेरित गर्यो ।

बीमा अभिकर्ता पेशामा आवद्ध भएसँगै उनले पहिलो बीमा आफ्नै श्रीमतीको गराएका थिए । उनी भन्छन्, “बीमा हरेकको लागि आवश्यक छ भन्ने ठानेर नै पहिलो बीमा मेरो जीवन साथी बसन्ती भुसाल बाटै शुरु गरे ताकि अरुलाई पनि बीमा गर्न आवश्यक छ भन्ने कुरा पुष्ट्याईं गर्न सजिलो होस् । ”

जुनसुकै पेशामा आआफ्नै राम्रा, नराम्रा पक्ष अनि चुनौतिहरु रहन्छन नै । उनी भन्छन् बीमा अभिकर्ता पेशामा निरन्तरको दौडधुपले आफ्नो जीवन सधैं जोखिममा रहिरहनु, अभिकर्ताको नृबित्तीभरण वा उपदान जीवन बीमा वा सामाजिक सुरक्षाको ब्यबस्था कम्पनी वा राज्यबाट नहुनु, बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेको अभिकर्ताहरुलाई नीति निर्माणको तहमा समाबेश नगराउनु, समयानुकूल ऐन र कानून निर्माण वा परिमार्जन नगरिनु साथै भएका नियम कानूनको प्रभावकारी कार्यान्वयन नहुनु जस्ता बीमा अभिकर्ता पेशामा देखिएको चुनौतिहरु हुन ।

यस्तै, ऐन बिपरित र अब्यबहारिक बैंकास्योरेन्स लागू गर्नु, बजारको क्षमताको अध्ययन नगरीकन हचुवाका भरमा आबश्यकता भन्दा बढी बीमा कंम्पनी खोलिनु, सबै बीमा कंम्पनिमा कार्यरत अभिकर्तालाई अनिवार्य रुपमा पेशागत बीमा अभिकर्ता संघ नेपालको छाताभित्र ल्याउन नसक्नु जस्ता चुनौतिहरु नेपाली बीमा बजारमा देखा परेका छन् । उनी भन्छन् अभिकर्ताहरुलाई प्रभावकारी तालिमको ब्यबस्था नहुनु, देश भरिका अभिकर्ताहरुको एक मात्र साझा संगठन पेशागत बीमा अभिकर्ता संघ नेपाललाई ब्यबस्थित हिसाबले सञ्चालन गर्न राज्यबाट आबश्यक बजेटको ब्यबस्थापन नहुनु बर्तमान बीमा अभिकर्ता पेशाका चुनौती रहेका छन् ।

ऋषिसँग बीमा गराउँदाका रमाईला अनि दुख दायक घटनाहरु रहेका छन् । “२०७३ सालमा मेरो एकजना बीमित दुर्घटनाबाट मृत्यु भए पश्चात् ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुखले लास जाँच मुचुल्का लिन जाँदा गरेको ब्यबहार र बोलेको कुराले मलाई दुखी बनायो । राज्यले बनाएको कानूनलाई पालना गराउने निकायको जिम्मेवार ब्यक्तिले सहयोग गर्नुको साटो उल्टो हामी जस्तो सामाजिक सुरक्षा सेवा प्रदान गर्ने अभियन्तालाई निरुत्साहित गर्ने ब्याबहार देख्दा दुख लाग्यो ,”उनले विगत सम्झदै भने ।

२०६२ सालमा म कार्यरत संस्था नेपाल लाईफ इन्स्योरेन्स बुटवल शाखामा सबैभन्दा बढी बीमालेख प्रदान गर्न सफल भयो । २०६८ सालमा सो समयसम्म म कार्यरत संस्थामा सबैभन्दा ठूलो बीमांकको बीमालेख र नेपालको जीवन बीमाको हालसम्मको इतिहासमा मेरो बीमितको परिवारलाई सबैभन्दा ठूलो रकमको मृत्यु दाबी भुक्तानी रकम दुई करोड नौ लाख ७५ हजार रुपैयाँ (रकम प्रदान गरेर दुखको समयमा पनि पीडित परिवारको रक्षावरण गरियो सो आफ्नो यो पेशा अबधि भरी अबिष्मरणीय क्षण रहेको उनले बताए ।

एक बीमा अभिकर्तामा धेरै गुणहरु हुनु पर्दछ । इमान्दार, सहयोगी भावनाका साथ साथै सम्बन्धित बिषयबस्तुको राम्रो ज्ञान भएको, मेहनती, धैर्यवान, क्षमतावान, उत्साहीपन हुनु पर्दछ ।

जीवन बीमा गर्दा हुने फाइदा, यसको आवश्यकता किन र यसको महत्व को बारेमा राम्रोसँग बुझाउनु आबश्यक छ ।

उनी भन्छन्, बीमा अभिकर्ता भनेको बीमित र बीमा कंम्पनीलाई जोड्ने पूल हो । जसरी पूल बिना दुई नदिका किनार जोडिदैन, त्यसैगरी अभिकर्ता बिना खुला अर्थतन्त्र भएको मुलुकमा बीमा ब्याबसाय फस्टाउँदैन । यस्तै बीमा अभिकर्ता बीमितको आर्थिक सल्लाहकार पनि हो । कसरी आम्दानी बढाउने ? कसरी कमाएको पैसाको सदुपयोग गर्ने ? अर्को तर्फ अभिकर्ता सामाजिक अभियान्ता पनि हो किनकी सफल अभिकर्ताले समाजका हरेक गतिविधिको नेतृत्व गरि राखेको हुन्छ ।

भुसाल भन्छन्, एक बीमा अभिकर्ता कुशल ब्यबस्थापक पनि हो, अभिकर्ता जसले आफ्नो परिवारको, अन्य निकायको विभिन्न तहमा रहेर महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।
इमानदार तरिकाले यो पेशा अपनाएका ब्यक्तिहरु आर्थिक, सामाजिक, राजनैतिक र ब्याबसायिक हिसाबले सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा यहाँबाट सिक्ने अबसर मिल्दछ । पेशाको महत्व र यसको संबेदनशिलतालाई नबुझेका मान्छे बढी महत्वाकांक्षी भएको पनि देखिन्छ ।

आम जनसमुदायलाई बीमाको दायरामा ल्याउन राज्यले निर्माण गर्ने कानून, कानूनको कार्यान्बयन गराउने जिम्मा लिएको नियामक निकायको भुमिका महत्वपूर्ण हुन्छ । बीमा उद्योगलाई बिस्तार गर्नको लागि मुलतः राज्यले लिने नितिमा भर पर्दछ,’ उनले भने ।

जीवन बीमा भन्नाले कुनै ब्यक्तीको उमेरका आधारमा निश्चित रकम तिरेर तोकिएको समयमा स्वयं वा उसको मृत्यु पश्चात् उसको नजिकको हकदारले कुनै खास रकम पाउने गरि गरिने करार नै जीवन बीमा हो । “बीमा एक अनिवार्य बचतको माध्यम हो, अशक्त अबस्थाको आर्थिक साहारा हो । आफुसँग रहेकोे आर्थिक जोखिमलाई हस्तान्तरण गर्ने प्रक्रिया हो । अन्य क्रियाकलापबाट यो प्राप्त गर्न सकिदैन । तसर्थ यसको बिकल्प छैन,’ उनले बताए ।

बैंकास्योरेन्स बिश्वका विभिन्न मुलुकमा भएको असफल सिद्द प्रयोग हो । नेपालको सन्दर्भमा यो गैर कानुनी पनि हो । अब्याबहरिक अनि भद्दा प्रयोग हो र शुरु हुदै स्वयं बिमितबाटै बिरोधका स्वरहरु आइसकेको छ । दुई बर्ष यस्तै रहेमा यो उद्योग अबिश्वसनीइ र ठगको ग्याङ बन्ने निश्चित भएको भुसालको तर्क छ । यो मात्र होइन यो पेशामा रहेका चार लाख अभिकर्ता र योसँग आश्रीत १५ लाख घर परिवारको रोजी रोटी खोसिने उनको दाबी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS