IME Life

बीमा क्षेत्रका लागि उपलब्धीपुर्ण बर्ष २०७५

SPIL
NIC ASIA

काठमाडौं । २०७५ सालमा नेपालको बीमा क्षेत्रमा धेरै राम्रा काम भए भने केही काम अधुरा नै रहे । यो बर्ष बीमा समितिले बीमा क्षेत्रलाई बलियो बनाउँन केही नीतिमा परिवर्तन ल्यायो भने कम्पनीहरुलाई नियमन गर्न केही कम्पनीहरुमा अनुगमन पनि गर्यो । तर, केही कामहरु भने यो बर्ष पनि पुरा हुन सकेनन् ।

बीमा क्षेत्रमा भएका मुख्य कार्यहरु :

Prabhu
Crest

१. बैदेशिक रोजगार म्यादी बीमा योजना शंसोधन

२०७५ साल बैशाख देखि लागू हुने गरी बीमा समितिले बैदेशिक रोजगारी म्यादी (जीवन) बीमा योजना शंसोधन ग¥यो । शंसोधन गरिएको बीमा योजना अनुसार ६ महिनासम्म विदेश नगएमा बीमा रद्ध हुने व्यवस्था गरियो । बैदेशिक रोजगार म्यादी जीवन बीमामा खरिद विक्रीमा अनियमितता हुने सक्ने भन्दै समितिले बीमालेख परिमार्जन गरेको हो । समितिले बैशाख एक गते देखि लागू हुने गरी योजना शंसोधन गरेको हो ।

नयाँ बीमा योजना अनुसार बैदेशिक रोजगारी (म्यादी) जीवन बीमा योजना खरिद गर्दा अनिवार्य रुपमा प्रस्ताव फारम भर्नुपर्ने, कामदारले चाहेमा बैदेशिक रोजगार (म्यादी) जीवन बीमा रद्ध समेत गर्न पाउँने, बीमालेख रद्ध गर्दा कम्पनीले ५ सय रुपैयाँ कट्टा गरी बाँकी बीमाशुल्क फिर्ता दिनुपर्ने लगतयका नयाँ व्यवस्था गर्यो ।

२. सम्पति शुद्धीकरण निर्देशिका शंसोधन

बीमा समितिले यो बर्ष सम्पति शुद्धीकरण निर्देशिका पनि संशोधन गरेको छ । निर्देशिका संसोधन गर्दै समितिले एकल भुक्तानी बीमा योजनामा बीमा समितिले कडाई गरेको छ । संशोधन गरिएको निर्देशिका अनुसार अब देखि ५० लाख रुपैयाँ भन्दा बढी बीमांक भएको बचत प्रकृतिको बीमालेख जारी गर्दा कम्पनीहरुले विभिन्न प्रक्रिया पुरा गर्नुपर्ने समितिले व्यवस्था गरेको छ ।

समितिले शंसोधन सहित जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७५ मा ५० लाख रुपैयाँ भन्दा बढीको एकल बीमा गर्दा बीमितले एकल बीमालेख लिनु पर्ने कारण खुल्ने कागजात पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

संशोधित निर्देशिका अनुसार कुनै पनि बीमितले एकल भुक्तानी बीमाशुल्क खरिद गर्दा आर्थिक क्षमता पुष्टि हुने आधिकारिक कागजात समावेश गर्नुपर्ने, विमितले ५० लाख रुपैयाँ भन्दा बढी बीमांकको बीमायोजना खरिद गर्दा पेशा व्यवसाय तथा कारोबार पुष्टि हुने आधिकारिक कागजागत संलग्न गर्नुपर्ने, बीमाशुल्क भुक्तानी बैंक तथा कारोबार पुष्टि हुने, आधिकारीक कागजात समावेश गर्नुपर्ने, बीमाशुल्क भुक्तानी तथा वित्तिय संस्थाको खाताबाट गर्नुपर्ने लगायतका व्यवस्था गरेको छ ।

३.  बीमक संस्थागत सुशासन निर्देशिका २०७५ शंसोधन

बीमा समितिले यो बर्ष बीमक संस्थागत सुशासन निर्देशिका शंसोधन गरेको छ । निर्देशिका जारी गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतको कार्यकाल करारमा आएको अवधिदेखि गणना हुने व्यवस्था गरेको छ ।

संशोधन गरिएको निर्देशिकामा स्नातक उपाधि हासिल गरेका व्यक्तिले पनि प्रमुख कार्यकारीमा नियुक्त हुन पाउँने व्यवस्था गरेको छ । समितिले जारी गरेको निर्देशिका अनुसार स्नातक तह उपाधि हासिल गरी बीमा क्षेत्रमा १२ वर्ष अनुभव भएको व्यक्ति प्रमुख कार्यकारी हुन सक्नेछ । त्यस्तै, बैंक तथा वित्तीय क्षेत्रमा भए १५ वर्ष र दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभ वसहित १३ वर्षको अनुभव हुनुपर्नेछ । तर, स्नातहकोत्तर तह हासिल गरेको व्यक्तिको हकमा भने बीमा क्षेत्रमा भए कम्तीमा ५, बैंक तथा वित्तीय क्षेत्रमा भए ८ तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तीमा ७ वर्षको व्यवस्थापकीय तहको अनुभव हुनुपर्ने व्यवस्था गरेको छ ।

बीमा कम्पनीका प्रमुख कार्यकारीले एउटा कम्पनी छोडेको ६ महिना पूरा नभए सम्म अर्को कम्पनीमा नियुक्त लिन पाउनेछैनन् । समितिले निर्देशिका जारी गर्दै प्रमुख कार्यकारीको हकमा ६ महिनाको कुलिङ पिरियडको व्यवस्था गरेको छ ।

४. बीमा तालिम इन्स्टिच्यूटको स्थापना

विगत एक दशकको प्रयास पछि यो बर्ष देखि बीमा समितिले बीमा तालिम केन्द्र सञ्चालन ल्याउँन सफल भएको छ । यो बर्षको साउन देखि समितिले औपचारिक रुपमा तालिम केन्द्र सञ्चालनमा ल्याएको हो ।

समिलिते यस अघि बीमा एकेडेमीको परिकल्पना गरेको थियो । समितिले तत्काल नै एकेडेमीको स्थापना गर्न नसकेपनि इन्स्टिच्यूटबाट यसको सुरुवात गरेको हो । इन्स्टिच्यूटको अध्यक्षमा समितिका निर्देशक राजुरमण पौडेललाई नियुक्त गरिएको छ भने प्रमुख कार्यकारी प्रमुख बीमा विज्ञ भोजराज शर्मालाई नियुक्त गरिएको छ । इन्स्टिच्यूटको विउ पूँजी १ करोड रहेको छ । जसमा प्रत्येक बीमा कम्पनीको २/२ लाख लगानी छ भने बाँकी २२ लाख रुपैयाँ समितिले लगानी गरेको छ ।

५. बीमा बिद्येयक संसदमा प्रस्तुत

बीमा क्षेत्रको यो बर्षको अर्को उपलब्धी भनेको लामो समयको प्रयास पछि बीमा विद्येयक संसदमा प्रस्तुत भयो । विगत एक बर्ष देखि अर्थमन्त्रालयमा नै थन्किएको विद्येयक गत साउँनमा अर्थमन्त्री डा.युवराज खतिवडाले संसदमा प्रस्तुत गरे । अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बिद्येयकमा १३ सांसदले ८५ वटा बुदा संशोधन गर्न माग गरेका छन् । सांसदहरुले बिद्येयकमा प्राधिरकरणको सञ्चालक समितिको व्यवस्था देखि लिएर सर्भेयरको बिषयमा गरिएको व्यवस्था संशोधनको प्रस्ताव गरेका छन् । संशोधन गर्न दर्ता भएको प्रस्ताव अधिकांश सर्भेयरको बिषयमा गरिएको व्यवस्थामा केन्द्रित छन् । सांसदहरुले सर्भेयरलाई अनुगमन गर्नुपूर्व सुचना दिनुपर्ने देखि लिएर जरिवाना रकम घटाउँने र कैद सजायलाई हटाउनेसम्मको प्रस्ताव गरिएको छ । विद्येयकमा प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिले बीमा कम्पनीका लगानीकर्ता र सर्भेयरहरुसँग विभिन्न चरणमा छलफल समेत गरेको छ ।

६. चिया खेती बीमा योजना जारी

बीमा समिति यो बर्ष देखि चिया खेती बीमा योजना पनि सञ्चालनमा ल्याएको छ । समितिले गत असोज देखि लागू हुने गरी चिया खेती बीमा योजना सञ्चालनमा ल्याएको हो । बीमा योजना अनुसार चिया खेतीको बीमाको गर्नका लागी न्यूनत्तम शून्य दशमलव शून्य ५ हेक्टर क्षेत्रफलको जग्गा हुनुपर्नेछ । बीमा गर्ने चिया अधिकत्तम ७५० बोट (गाँज) सम्मको हुनुपर्नेछ । चिया रोपिएको शुरुको बर्ष देखि नै बीमा गर्न सकिनेछ । एक कृषकले एकै क्षेत्रफलमा लगाईएको चिया खेतीको आंशिक बीमा गर्न भने पाउँने छैनन् । चिया बीमालेखको अन्र्तगत कृषकको दुर्घटना बीमा पनि हुने छ । दुर्घटनाबाट कृषको मृत्यू भएमा २ लाख रुपैयाँ भुक्तानी हुने छ ।

७.नेपालमा एआईआरडिसी सम्मेलन सम्पन्न

यो बर्ष बीमा समितिले विकासशिल राष्ट्रहरुको बीमा तथा पुर्नबीमा कम्पनीहरुको सम्मेलन सम्पन्न गरेको छ । वित्तिय सुदृढिकरण : विपत्त जोखिम वित्तीय व्यवस्थापन र बीमा’ भन्ने नाराका साथ सम्मेलनका आयोजना गरिएको थियो । बीमा समिति र नेपाल बिमक संघको संयुक्त आयोजनामा विकासशील राष्ट्रहरुको बीमा कम्पनी र पुर्नबीमा कम्पनीहरुको संगठन (एआइआरडिसी) को २१ औं सम्मेलन दुई दिनसम्म चलेको थियो ।

एआईआरडिसीको अध्यक्षमा विजय बहादुर शाह चयन

विकासशील राष्ट्रका बीमा तथा पुर्नबीमा कम्पनीहरुको संगठन (एआईआरडिसी) को अध्यक्षमा नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाह चयन भए । सम्मेलनको दास्रो दिन सम्पन्न संगठनको बार्षिक साधारण सभाले उनी सहितको नौ जनाको कार्यसमितिलाई निर्विरोध रुपमा चयन गरेको हो ।

नयाँ समितिको कार्यकाल आगामी दुई बर्षको लागी हुनेछ । साथै सभाले आगामी २२ औ एआईआरडिसी सम्मेलन सन् २०२० केन्यामा हुने समेत निर्णय भएको छ ।

नयाँ कार्य समितिको उपाध्यक्षमा घानाकी एलिजवेथ बान्स डोग्वे चयन भएकी छिन । महासचिवमा फिलिपिन्सकी हर्मिनला जासिन्टो र सदस्यहरुमा फिलिपिन्सका इस्थर सि टान, श्रीलंकका डा.जागथ आलविस, बहराईनका यासिर अल्वाहर्र्न, तान्जेनियका विल्सन नाथानिएल डेसान्जो चयन भएका छन् । साथै समितिमा जिम्बाबे र थाईल्याण्डका प्रतिनिधि पनि चयन भएका छन् ।

८. ६ लाख सञ्चयकर्ताको एकै पटक बीमा

यो बर्ष कर्मचारी सञ्चय कोषले एकै पटक ६ लाख सञ्चयकर्ताको औषधी उपचार र घातक रोगको बीमा गरेको छ । कोषले ११ लाख रुपैयाँ बीमाक रकम बराबरको बीमा गर्ने गरी राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरेको छ । यो बीमा योजना आगमी गत मंसिर १ गते देखि लागू भएको हो । सरकारी तथा नीजि क्षेत्रमा काम गर्दै आएका कर्मचारीको हितको लागी काम गर्दै आएको कोषले सञ्चयकर्ताको सामाजिक सुरक्षा अन्र्तगत बीमा सुविधाको पनि सुरुवात गरेको हो ।

यस बीमालेख अन्र्तगत १ लाख रुपैयाँ औषधी उपचार र १० लाख रुपैयाँ बीमांक घातक रोग बापत तोकिएको छ । कुनै पनि दुर्घटना हुँदा औषधी उपचार गर्नु परेमा कम्पनीले १ लाख रुपैयाँ भित्र रही दाबी भुक्तानी गर्नेछ । त्यसैगरी घातक रोग बापत १० लाख रुपैयाँ भित्र रही दाबी भुक्तानी गर्नेछ ।

९.नयाँ निर्जीवन बीमा कम्पनीलाई पनि जिल्ला तोक्यो समितिले

बीमा समितिले गत मंसिर देखि तीन नयाँ निर्जीवन बीमा कम्पनीलाई कृषि बीमा व्यवसाय सञ्चालन गर्न जिल्ला तोकेको छ । समितिले १० वटा जिल्ला कम्पनीहरुको नाममा विभाजन गरेको छ । अजोड इन्स्योरेनस कम्पनीलाई चार वटा, सानिमा जनरल र जनरल इन्स्योरेन्सलाई कम्पनीलाई तीन÷तीन वटा जिल्ला तोकेको छ । बीमा समितिले २०७१ सालमा नै १७ वटा निर्जीवन बीमा कम्पनीहरुलाई ५१ वटा विभाजन गरी कृषि बीमा गर्न निर्देशन दिएको थियो । सोही बमोजिम नयाँ कम्पनीहरुलाई पनि समितिले कृषि बीमाका लागि जिल्ला तोकेको हो । अजोड इन्स्योरेन्स कम्पनीको लागी गुल्मी, पर्वत, पूर्वी रुकु्म र रौतहट जिल्ला तोकेको छ । जनरल इन्स्योरेन्सका लागी रसुवा, सिरहा र पर्सा जिल्ला तोकेको छ । त्यसैगरी सानिमा जनरल इन्स्योरेन्स कम्पनीका लागी समितिले कपिलबस्तु, नवलपुर र मोरङ्ग जिल्ला तोकेको छ ।

१०. मोटर बीमामा कडाई

यो बर्ष बीमा समितिले मोटर बीमामा कडाई गर्ने नीति अगाडी सारेको छ । यातायात कार्यलयमा जथाभावी कार्यलय सञ्चालन गरी मोटर बीमामा अनियमितता हुन थाले पछि बीमा समितिले मोटर बीमामा कडाई गर्न थालेको हो । समितिले गत पुसमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै यातायात व्यवस्था कार्यलय वरपर एउटा मात्रै कार्यलय खोल्न निर्देशन दिएको हो । साथै समितिले कम्पनीहरुलाई मोटर बीमालेख कम्प्यूटर बाट प्रिन्ट गरिएको हुनुपर्ने र बीमालेख सँगै रसिद पनि निष्काशन गर्नुपर्ने निर्देशन दिएको छ । बीमालेखमा अनिवार्य रुपमा आधिकारिक व्यक्तिको हस्ताक्षर गरेको पनि हुनुपर्ने समितिले निर्देशन दिएको छ ।

११. बैदेशिक रोजगार बीमा पुल मार्फत जारी गरिने

यो बर्ष देखि बीमा समितिले बैदेशिक रोजगार बीमालाई पुल मार्फत जारी गर्ने व्यवस्था गरेको छ । गत माघ देखि लागू हुने गरी पूलको व्यवस्था गरेको हो ।

बीमा समितिले बैदेशिक रोजगार (म्यादी) जीवन बीमा पुल सञ्चालनको जिम्मा चार वटा जीवन बीमा कम्पनीलाई दिएको छ । तत्कालको लागी समितिले नेशनल लाईफ इन्स्योरेन्स, सूर्या लाईफ इन्स्योरेन्स, युनियन लाईफ इन्स्योरेन्स र रिलायवल इन्स्योरेन्स कम्पनीलाई पुल सञ्चालनको जिम्मेवारी दिएको हो ।

पुलबाट सञ्चालन भएको बैदेशिक रोजगार जीवन बीमा व्यवसायबाट प्राप्त भएको बीमाशुल्क दैनिक रुपमा बीमा समितिले निर्धारण गरिदिएको अनुपातमा बाँडफाँड गरिनेछ । साथै सम्बन्धित कम्पनीले उपलब्ध गराएको बैक खातामा साप्ताहिक रुपमा प्रत्येक शुक्रबार जम्मा गरिनेछ ।

१२. महालक्ष्मीले लाईफ इन्स्योरेन्सकोे शुभारम्भ

यो बर्ष थप एउटा जीवन बीमा कम्पनीले सञ्चालन अनुमती पाएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले माघ २७ गते देखि औपचारिक शुभारम्भ गरेको छ । नेपालको सबैभन्दा कान्छो तथा १९ औं जीवन बीमा कम्पनीको रुपमा दर्ता भएको कम्पनीले वसन्तपञ्चमीको अवसर पारेर कारोबारको सुरुवात गरेको हो ।

सञ्चालनको आरम्भ सँगै कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालयको स्वीकृति पाएको छ । कम्पनीले आगामी फागुुन महिना भित्र विर्तामोड, इटहरी, लाहान, नारायणगढ, बुटवल, दाङ्ग, सुर्खेत, कोहलपुर, धनगढी र जनकपुरमा समेत शाखा कार्यालय खोलि सक्ने योेजना बताएको छ । आगामी २०७६ साल असारभित्र मध्यपहाडी क्षेत्रका १२ वटा र काठमाडौं उपत्यकाभित्र थप १० वटा शाखा विस्तार गर्ने योजना रहेको छ । चालु आवमा कम्पनीले ३५ वटा शाखा कार्यालय सञ्चालन गर्ने कार्यक्रम रहेको उनले बताए ।

१३. बीमांकी रोष्टर बनाउँदै समिति

बीमा समितिले बीमांकी रोष्टर निर्माण गरेको छ । नेपाली बीमा कम्पनी र बीमांकी बीच सहजीकरण लागी समितिले रोष्टर बनाउँने भएको हो । समितिले ४५ दिने सुचना जारी गरी इच्छुक बीमांकीलाई आवेदनको लागी आह्वान गरेको छ । विश्वका कुनै पनि मुलुकका बीमांकीले आवेदन दिन सक्नेछन् । रोष्टरमा आवेदन दिनका लागी समितिले पुन १ महिनाको अवधि थप गरेको छ ।

१४. बाख्रा बीमालेख सार्वजनिक

बीमा समितिले यो बर्ष देखि छुटटै बाख्रा बीमालेख जारी गरेको छ । कृषकहरुको आवश्यकतालाई मध्यनजर गर्दै समितिले छुट्टै बाख्रा बीमालेख जारी गरेको हो । समितिले गत माघ देखि विक्री वितरण गर्न सकिने गरी बीमालेख निर्माण गरेको हो ।

१५. फिल्म प्रोजेक्ट बीमा पोलिसी जारी

यो बर्ष बीमा कम्पनी आफैले नयाँ बीमा योजना जारी गरे । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चलचित्र बीमाको लागि फिल्म प्रोजेक्ट बीमा पोलिसी जारी गरयो ।

यस योजनाले तर चलचित्र निमार्ण गर्ने क्रममा हुने जोखिमलाई सुरक्षण गर्छ । सुटिगंका क्रममा प्रयोग हुने सामाग्री, कर्मचारी, सफट कपी समेतको यसले सुरक्षण गर्छ । यो पोलिसीको अवधि चार महिनाको हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS