IME Life

एलआईसी नेपालले सार्वजनिक गर्यो धनवृष्टि योजना

SPIL
NIC ASIA


लाईफ इन्स्योरेन्स (कर्पोरेशन) नेपालले ‘धनबृष्टि धनफिर्ता बीमा योजना’ बजारमा ल्याएको छ । विहीबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले यो योजना सार्वजनिक गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले योजनाको औपचारिक शुभारम्भ गरे ।

यस योजनामा १३ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । प्रत्येक तीन/तीन बर्षमा बीमांक रकमको निश्चित रकम फिर्ता हुने यस योजनाको न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँ कायम गरिएको छ । त्यस्तै अधिकत्तम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १० वा १५ बर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३ प्रतिशत रकम फिर्ता हुन्छ भने १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ ।

Prabhu
Crest

बीमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिन्छ । यदि बीमा अवधिमा बीमितको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम कट्टा नगरी पुरै बीमाङ्क रकमको साथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिन्छ । योजनामा अधिकतम् ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।

विहीबार आयोजित कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी. दासले बीमितले आफनो रकमको तरलता चाहने व्यक्तिको लागि यो योजना उपयोगी हुने बताए । यस योजनामा बीमितले तीन÷तीन वर्षमा नै आफुले लगानी गरेको बीमाशुल्कको ठुलो हिस्सा फिर्ता प्राप्त गर्ने हुँदा आफ्नो लगानी रकम आफैसँगै रहने र साथमा एलआईसी नेपालको जीवन बीमा पनि पाइने भएकोले ग्राहकहरुलाई यो ‘धनवृष्टि’ योजन खरिद गर्न आग्रह गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS