ज्योति लाईफद्वारा मृत्यु दावी रकम हस्तान्तरण

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरको छ । एनआइसी एशिया बैंक मार्फत बीमालेख जारी गरेका मृतक बीमित दिनेश खड्गीको श्रीमती सुमित्रा खड्गी लाई कम्पनीले दाबी भुक्तानी रकम हस्तान्तरण गरको हो ।

चैत्र २८ गते एनआइसी एशिया बैंकको केन्द्रिय कार्यालय, थापाथलीमा बैंकका सहायक कार्यकारी प्रमुख सन्तोष राठीले श्रीमती सुमित्रा खड्गीलाई दावी रकम हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा सन्तोष राठीले यस्तो दुखद् घडीमा कम्पनीले यथाशिघ्र दावी भुक्तानी गरिदिएकोमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी प्रति कृतज्ञता व्यक्त गरेका गिए । साथै सोही किसिमको सहज दाबी प्रकृयाको कारण जनसमुदाय माझ बीमा प्रतिको विश्वास बढेको कुरा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार