IME Life

नामकै भरमा एजेण्ट कोड

SPIL
NIC ASIA

बीमा कम्पनीहरुले नामको भरमा मात्रै पनि अभिकर्ताको एजेण्ट कोड जारी गरेका छन् । अभिकर्ता संख्या बढाउँने होडमा कम्पनीहरुले कागजपत्र बिनानै मानिसलाई नामकै आधारमा एजेण्ट कोड वितरण गरेको पाईएको छ ।

Prabhu
Crest

बीमा अभिकर्ता बन्नको लागी ७२ घण्टाको तालिम लिएको हुनुपर्नेछ । कम्तिमा पनि एसएलसी उर्तिण गरेको हुनुपर्नेछ । यस अघि बीमा समितिले नै अभिकर्ताको तालिम सञ्चालन गथ्र्यो । तर, समितिले अहिले तालिम सञ्चालनको जिम्मा कम्पनीहरुलाई नै दिएको छ । फलस्वरुप कम्पनीहरुले तालिम मात्रै हैन नाम कै भरमा एजेण्ट कोड वितरण गरिहेका छन् । हालै सञ्चालनमा आएको नयाँ जीवन बीमा कम्पनीको हजारौँ अभिकर्ताको कागजपत्र नभएको भेटिएको एक कर्मचारीले बताए । यो प्रतिनिधि घटना मात्रै हो ।

बीमा समितिले अनुगमन गर्न नसक्दा यस्तो खालको विकृति बढेको पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारले बताए । उनका अनुसार कम्पनीहरुले घर घरमा पुगेर लाईसेन्स वितरण गरेका छन् । यस्तो अवस्था रही रहे नेपालको जनसंख्या भन्दा पनि अभिकर्ताको संख्या बढी हुने तिवारी बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS