IME Life

बीमा गर्नुपूर्व के के गर्ने ? बीमा समितिको सुझाव

SPIL
NIC ASIA

बीमा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ ।

बीमा भविष्यको सुरक्षाको साथी एवं लगानि पनि हो । हामी जो कोहि पनि भविष्यको बारेमा अनभिज्ञ हुन्छौँ । बीमा प्रक्रियामा बीमितको जीवनमा पर्न सक्ने सम्भावित जोखिमलाई विमकले वहन गर्छ । भविष्यमा आई पर्न सक्ने जोखिमहरुसँग सामना गर्नका लागि बीमा गरिन्छ । मानविय जीवनमा जोखिमहरु धेरै हुन्छन् । बीमा जोखिम हस्तान्तरण गर्ने एक मुख्य उपाय पनि हो । बीमा विमित र विमका बीचमा हुने एक किसिमको कानुनि प्रावधान हो । यी दुई पक्ष बीच एक आपसमा सम्झौता भई बीमाको अन्य प्रक्रियाहरु अगाडि बढाईन्छ ।

Prabhu
Crest

बीमा प्रति रुचि र ज्ञान भएका व्यक्तिको वा बीमा गर्ने व्यक्तिको पहिलो जिज्ञासा हुन्छ, बीमा कसरी गर्ने ? बीमाको पहिलो चरण वा प्रक्रिया के हो ? बीमा गर्ने व्यक्तिले शुरुमा बीमा कम्पनिका बारेमा थाहा हुनु पर्दछ । त्यसैले बीमा समितिले सुचना जारी गर्दै बीमा गर्नुपूर्व निम्न कुरामा ध्यान दिन अनुरोध गरेको छ ।

  • प्रस्ताव फारममा खुलाउनुपर्ने सम्पूर्ण विरणहरु स्पष्टसँग खुलाई भर्नुपर्दछ ।
  • बीमालेखमा उललेखित सम्पूर्ण शर्त एवं सुविधा बारे जानकारी लिएर मात्र बीमा गर्नुपर्दछ ।
  • बीमितले आफ्नो आवश्यकता, पेशा, व्यवसाय एंव आम्दनीको स्रोत समेत लाई मध्यनजर गरी बीमा गर्नुपर्छ । अन्यथा समयावधि पूरा नहुँदै बीमाालेख लाई निरन्तरता दिन नसकिने हुन सक्दछ ।
  • बीमालेख बीमा शुल्क बुझाउने, बीमालेख नविकरण गर्ने समय, इच्छाइएका व्यक्तिको नाम, बीमालेख बमोजिम दाबी रकम पाउने र नपाउँने जस्ता विषयमा बीमालेख खरिद गर्नु अगाडि नै बुझ्नु पर्दछ ।
  • बीमितले बीमा शुल्क बुझाए पिछि यसको आधिकारीक भपाई वा रसिद लिनुपर्दछ ।
  • बीमा सम्बन्धि प्रस्ताव फारम बीमित स्वंयमले भर्नुपर्दछ । बीमित निरक्षर वा प्रस्ताव फारम भर्न नसक्ने भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फारम भर्नुपर्दछ ।
  • बीमितले आफुले बीमा गर्न लागेको बीमा कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्दछ ।
  • बीमालेख नवीकरण गर्ने समय ख्याल गरी समयमै बीमालेख नवीकरण गर्नुपर्दछ ।
  • बीमा सम्बन्धि नीति नियमहरुबारे जानकारी राख्नु पर्दछ ।
  • आफुले खरिद गरेको बीमालेख सँग सम्बन्धित सम्पूर्ण कागजातहरु सुरक्षित राख्नुपर्दछ ।
  • प्रविधिको विकाससँग बिभिन्न बैंक तथा एसएमएस वा अन्य विधुतिय भुक्तानी सेवा मार्फत घरमै बसी बीमा शुल्क बुझाउन सकिने भएको नहुँदा सो सम्बन्धि यथेष्ट जानकारी लिएर मात्र बीमा गर्नुपर्दछ ।
  • बीमा गरिसके पछि आफुले बीमा गरेको बारेमा परिवारका सदस्य तथा इच्छाइएको व्यक्ति लाई जानकारी गराउनुपर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS