IME Life

विधार्थीको बीमाको लागि सरकारले सहयोग गर्नुपर्ने माग

SPIL
NIC ASIA


विधार्थीहरुको बीमाका लागि सरकारले सहयोग गर्नुपर्ने पर्ने सरोकारवालाहरुले माग गरेका छन् । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै प्याब्सनका महासचिव कुमार घिमिरे सरकारले विधार्थीको बीमाको लागी आंशिक रुपमा भए पनि सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रम बोल्दै एन प्याब्सनका अध्यक्ष रितुराज सापकोटाले विधालयहरुमा बढ्दै गएको जोखिमलाई मध्यनजर गर्दै विधार्थीको बीमा सरकारले पनि जोड दिनुपर्ने बताए । ‘सुरुको बीमा सरकारले गरिदियो भने, अर्को बर्ष देखि अभिभावकलाई बानी पर्न सक्छ,’ उनले भने । त्यसैले सामुदायिक विधालयका विधार्थीलाई पनि बीमा सुरक्षा प्रदान गर्ने हो भने सरकारले राहत प्रदान गर्नुपर्ने बताए ।

Prabhu
Crest

त्यसैले अभिभवाक संघका अध्यक्ष केशव पुरी बीमा सबै खालको विधार्थीको लागि हुुनुपर्ने बताएका छन् । सामुदायिक विधालयका अध्यनरत विधार्थीले मासिक शुल्क नै भुक्तानी गर्न नसकेको समयमा बीमा रकम भुक्तानी गर्न नसक्ने बताए । त्यसैले सरकार आफैले यसको नेतृत्व गर्नुपर्ने उनको धारणा थियो ।

विधार्थीको बीमा गर्दा अभिभावकको पनि सुरक्षा हुने, विधार्थीको १ लाख अभिभावकको ५ लाखको बीमा
अब विधार्थीको बीमा गर्दा अभिभावकको पनि सुरक्षण हुने भएको छ । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले जारी गरेको आईजिआई विधार्थी बीमालेखले यस्तो खालको सुरक्षा दिने भएको छ ।

यस योजना अनुसार बीमित विधार्थीको एक लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यू बीमा हुनेछ भने अभिभावकमध्ये आमा वा बुबाको पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हुनेछ । बीमा अवधिमा बिमित विधार्थीको दुर्घटनाका कारणबाट मृत्यू भएमा कम्पनीले एक लाख रुपैयाँसम्मको भुक्तानी दिनेछ । त्यसैगरी अभिभावकको दुर्घटनाको कारणबाट मृत्यू भएमा पाँच लाख रुपैयाँसम्मको भुक्तानी गर्नेछ ।

त्यस्तै, बीमित विधार्थी पूर्ण रुपमा अशक्त भएमा बिमांक रकमको तीन गुणा बढी भुक्तानी हुनेछ । अर्थात् तीन लाख रुपैयाँ दाबी भुक्तानी गर्नेछ । साथै अभिभावक पूर्ण रुपमा अशक्त भएमा पाँच गुणा अर्थात् पाँच लाख रुपैयाँ भुक्तानी हुनेछ ।

बीमित विधार्थीको अगभंग भएमा कम्पनीले बीमांक रकमको शतप्रतिशत अर्थात् एक लाख रुपैयाँ भुक्तानी गर्नेछ । त्यसैगरी अभिभावकको हकमा भने ५० प्रतिशत अर्थात् दुई लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गर्नेछ । यदि विधार्थी पूर्ण अशक्तता भएमा विधालयको मासिक शैक्षिक शुल्क बापत प्रति महिना अधिकत्तम १० हजार रुपैयाँ भुक्तानी गर्नेछ ।

दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा बीमित विधार्थीको हकमा बीमांक रकमको २५ प्रतिशत २५ हजार रुपैयाँ भुक्तानी हुनेछ । अस्पताल नै भर्ना हुनु परेमा कम्पनीले ५० हजार रुपैयाँ भुक्तानी गर्नेछ । अस्पतालको शैयाको शुल्क प्रतिदिन २ हजार भुक्तानी गर्नेछ । विधार्थी बीमाको बीमाशुल्क भने कम्पनीले ८६० मात्रै तोकेको छ । यो बीमा योजना १ देखि १२ कक्षाको विधार्थीको बीमा गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS