IME Life

एलआईसीले ल्याउँदैछ धनबृष्टि बीमा योजना

SPIL
NIC ASIA


लाईफ इन्स्योरेन्स (कर्पोरेशन) नेपाल धनबृष्टि धन फिर्ता बीमा योजना सार्वजनिक गर्ने भएको छ । आफना सेवाग्राहीको मागलाई मध्यनजर गरी कम्पनीले धनफिर्ता बीमा योजना सञ्चालनमा ल्याउँन लागेको हो ।

यस योजनाको अवधि १० देखि १५ बर्षको हुनेछ । १० बर्षे बीमा योजनामा बीमा योजना सुरु भएको प्रत्येक तीन/तीन बर्षमा कम्पनीले बीमांक रकम भुक्तानी गर्नेछ । पहिलो तीन बर्षमा ३३ प्रतिशत रकम फिर्ता गर्नेछ । त्यस्तै छैठौ बर्षमा कम्पनीले अर्को ३३ प्रतिशत भुक्तानी गर्नेछ । १० बर्षमा बीमा योजना परिपक्क भएपछि कम्पनीले बाँकी रहेको ३४ प्रतिशत बीमांक रकम र बोनश रकम फिर्ता गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, १५ बर्षे बीमा योजनामा पहिलो तीन बर्षमा बीमांक रकमको १५ प्रतिशत रकम फिर्ता गर्नेछ । छैठौ बर्षमा अर्को १५ प्रतिशत रकम फिर्ता गर्नेछ । नबौ बर्षमा अर्को १५ प्रतिशत रकम फिर्ता गर्नेछ । बाह्रौ बर्षमा पुन: अर्को १५ प्रतिशत रकम फिर्ता गर्नेछ । १५ बर्ष अवधि पुरा भएपछि बाँकी रहेको ४० प्रतिशत बीमांक रकम र बोनश रकम फिर्ता गर्नेछ ।

यस बीमा जनामा न्यूनत्तम १३ र अधिकत्तम ६० उमेरसम्मको मानिस सहभागी हुन सक्नेछन् । यो योजना मुनाफामा सरिक हुने बीमा योजना हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS