IME Life

नेपाल रेडक्रसको प्रदेश संरचनामा नेतृत्व चयन : ४ वटा प्रदेशमा निर्विरोध

SPIL
NIC ASIA

नेपाल रेडक्रस सोसाइटीको ४ वटा प्रदेश समितिहरुको निर्वाचन सम्पन्न भएका छन् । प्रदेश नम्बर २ गण्डकी, ५ र ६ मा पहिलो पटक निर्वाचनबाट प्रदेश समितिहरु यसै हप्ता गठन भएका र ती प्रदेश समितिहरुमा पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएका छन् ।

नेपाल रेडक्रसको गण्डकी प्रदेशको सभा र प्रदेश कार्यसमितिको पहिलो निर्वाचन हिजो कास्कीको पोखरामा सम्पन्न भएको छ । नवनिर्वा्चित समितिमा कास्कीका सूर्य प्रसाद ढकाल अध्यक्ष र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वा्चित भएका छन् ।

Prabhu
Crest

यसैगरी, कोषाध्यक्षमा लमजुँगका नारायण प्रसाद घिमिरे, उपमहासचिवमा स्याङजाका सुनिलकुमार अर्याल, उपकोषाध्यक्षमा हिराबहादुर थापा, महिला सदस्यहरुमा मुस्ताङकी पुष्पा शेरचन र फुलमाया गुरुङ एका छन् ।
खुल्ला सदस्य तर्फ हिमाल प्रसाद शर्मा, धनेश्वर रेग्मी, वर्दघाट पूर्व नवलपरासीका केशव प्रसाद सापकोटा र स्याङजाका यज्ञप्रसाद पौडेल निर्वा्चित भएका छन् ।

त्यस्तै चैत्र २१ र २२ मा महोत्तरीमा सम्पन्न २ नंबर प्रदेशको सभाले पर्साका फूल महमद मिँयाको अध्यक्षतामा प्रदेश कार्यसमितिको निर्वाचन गरेको छ । महिला उपाध्यक्षमा महोत्तरीकी सरिता सिंह, महासचिवमा सिरहाका चन्द्रेश्वर मण्डल र कोषाध्यक्षमा बाराका दिव्यनाथ श्रेष्ठ निर्वा्चित भएका छन् ।

त्यस्तै, सर्लाहीका सुगन्ध प्रसाद गुप्ता, पर्साका सलाउदीन अहमद क्रमश उपमहासचिव र उपकोषाध्यक्ष चयन भएका छन् । महिला सदस्य तर्फ रौतहटकी भुवानी गिरी श्रेष्ठ र बाराकी रुपा अधिकारी चौधरी निर्वा्चित हुनुभयो भने खुल्ला सदस्यतर्फ सप्तरीका रामनारायण चौकरी र भवेन्द्र प्रसाद यादव, रौतहटका राज किशोर प्रसाद यादव र शशिभुषण प्रसाद सिंह (सर्लाही) निर्वा्चित भएका छन् ।

चैत्र २० गते ५ नंवर प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सुभारभ्भ गर्नुभएको लुम्बिनीमा सप्पन्न ५ नं प्रदेशको प्रथम प्रदेश अधिबेशनले अर्घाखाँचीका सभापति शम्भु पोख्रेल अध्यक्ष रहेको १२ सदस्यीय प्रदेश समिती सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा बर्दियाका किरण श्रेष्ठ जोशी, महासचिवमा रुपन्देहीका कृष्ण पगेनी, कोषाध्यक्षमा बाँकेका राज कुमार बर्मा, उपमहासचिवमा दाङका ईश्वर पोख्रेल, उपकोषाध्यक्षमा रुकुमपुर्वका दामोदर पौडेल र सदस्यहरुमा कपिलवस्तुका केशव सिह, पाल्पाका कृष्ण अधिकारी, गुल्मीका राधा पन्थी, नवलपरासीका हैदर अलि, रोल्पाका मान बहादुर घर्ती मगर र प्युठानका मिना गिरीको उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको प्रथम अधिवेशन र प्रदेश कार्यसमितिको निर्वाचन चैत्र १९ र २० मा बीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको र प्रदेश समितिको अध्यक्षमा दैलेखका भेषबहादुर थापा र महासचिवमा सुर्खेतका कृष्णबहादुर थापा सहित समितिमा १२ जना पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वा्चित भएका छन् ।

निर्वा्चित हुनेमा पदाधिकारीमा उपाध्यक्षमा हुम्लाका विजय बुढा, कोषाध्यक्षमा रुकुमका नरबहादुर नेपाली, उपमहासचिवमा जाजरकोटका बीर बहादुर बस्नेत र उपकोषाध्यक्षमा जुम्लाका नन्दलाल रावत हुनुहुन्छ ।

निर्वा्चित सदस्यहरुमा खम्बजंग शाह (जाजरकोट), राम बहादुर बुढा (मुगु), कृष्णकला पाण्डे (कालिकोट), कटक बहादुर शाही (कालिकोट), सुमन बस्नेत (जुम्ला) र गणेश विसी (सल्यान) रहेका छन् ।

गत फागुन १८ र १९ गते ललितपुरमा सम्पन्न नेपाल रेडक्रसको विशेष महाधिवेशनले तय गरे अनुरुप यही चैत्र मसान्तसम्म बाँकी ३ वटा प्रदेशमा नेपाल रेडक्रसका प्रदेश समितिको सभा र निर्वाचन हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS