IME Life

पाँचसय वढी परिवारलाई राहत सामग्री प्रदान

SPIL
NIC ASIA

बारा र पर्सा जिल्लाहरुमा हावाहुरीले पारेको विपद्बाट घर पूर्णक्षति भएका ५ सय ३५ परिवारलाई नेपाल रेडक्रसले तत्कालको सहयोगस्वरुप गैरखाद्य सहयोग सामग्री सेट शुक्रबार साँझसम्म उपलव्ध गराएको छ ।

यसबाट २६०० बढी मानिसहरु प्रत्यक्ष लाभान्वित भएका छन् । वितरित हरेक सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडाहरु १६  मीटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी, १० मिटर डोरी रहेका छन् ।

Prabhu
Crest

यसका अतिरिक्त ६१२ परिवारलाई तारपोलिन तथा डोरी, १०० वटा वस्ने म्याट्रेस र ४० वटा कम्मल पनि  वितरण गरिएको छ ।तयारी खाना भने ३६४ परिवारलाई वितरण गरिएको छ ।

स्वास्थ्य अवस्थालाई ध्यानमा दिई १० हजार थान साबुन,  पानी सुद्धिकरणको लागि एकलाख वटा ट्यावलेट, पानी राख्ने बाल्टी, सरसफाईका अन्य सामग्री ५०० सेट र २० वटा आपत्कालीन चर्पी पनि प्रभावित क्षेत्रमा पठाइएको छ । ५०० वटा झूल वारामा पठाइएकोमा १०० वटा परिवारलाई आज वितरण गरिएको छ ।

प्रारम्भिक सर्वेक्षण अनुसार हावाहुरीले २ हजार ४ सय चार घरमा क्षति पुगेको छ । पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्याँक संकलन गरिएको हो । बारामा १,८९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् । विस्तृत सर्बेक्षणको लागि बारा र पर्सा दुवै जिल्लामा तालिम सम्पन्न भैसकेको र पर्सामा सर्वेक्षण भोली सम्म सकिनेछ ।

बारामा आइतबार बेलुकीसम्म विस्तृत सर्बेक्षण सकिने अनुमान छ ।विभिन्न सहयोगको लागि रेडक्रसका ९९ स्वयंसेवक हरेकदिन  खटिएका छन् । केन्द्रीय तहबाट राष्ट्रिय विपद् प्रतिकार्य समूह दुवै जिल्लामा पुगिसकेका छन् र लेखाजोखा तथा समन्वयको लागि २ वटा टोली खटिएको छ ।

खानेपानी तथा सरसफाईको राष्ट्रिय विपद् प्रतिकार्य टोली आजैदेखि कार्यसुरु गरेको छ । केन्द्रीय कार्यालयमा आपत्कालीन केन्द्रले कार्यगरिरहेको र समय सिफ्ट मिलाई हरेक दिन २१ जना कर्मचारीहरु त्यसमा खटिएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS