Prabhu Life Ad Final

राष्ट्रिय बीमा कम्पनीद्वारा बारामा हावाहुरी पीडितलाई राहत सामाग्री वितरण

IME PAY


राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बाराको परवानीपुर गाउँपालिकामा पुगेर हावाहुरीबाट प्रभावितहरुलाई राहत सामाग्री वितरण गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा। डिल्लीराज आचार्यसहित मुख्य व्यवस्थापक सुवास कोइराला, सुकल्याण पराजुली र शाखा कार्यालय विरगञ्जका कर्मचारीहरुलगायतको टोलीले पीडितहरूलाई खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।

NCHL

कर्मचारीहरुको २ दिनको तलब जम्मा गरेर ५० परिवारको लागि राहत सामाग्री प्रति परिवार १ बोरा चामल, ५ केजी दाल, ५ केजी चिउरा, नुन २ केजी, दालमोठ १ केजीका दरले वितरण गरिएको थियो ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले पीडितहरुको लागि दुस्ख परेको बेला सहायता स्वरूप राहत वितरण गरिएको कम्पनीका व्यवस्थापक प्रमुख कोइरालाले बताए ।

कम्पनीले मुख्यमन्त्री राहत कोषमा वडा अध्यक्षको रोहवरमा एक लाख रुपैयाँ सहयोग गरेको पनि कोइरालाले बताए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x