IME Life

प्रारम्भिक सर्वेक्षण सम्पन्नः विस्तृत सर्वेक्षण सुरु

SPIL
NIC ASIA


बारा र पर्सा जिल्लाहरुमा हावाहुरीले पारेको विपद्बाट २ हजार ४ सय चार घरमा क्षति पुगेको छ । पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्याँक संकलन गरिएको हो । प्रारम्भिक सर्वेक्षण समाप्त भएसंगै यो नतीजा आएको हो । बारामा १हजार ८ सय ९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् ।

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले भन्नुभयो ः“अव विस्तृत घरधृरी सर्वेक्षण सुरुभइरहेको छ । पर्सामा आजैदेखि सुरुभएको र बारामा भोलीबाट सुरु हुने छ ।”

Prabhu
Crest

प्रारम्भिक सर्वेक्षण अनुसार एकहजार ६२ घर पूर्ण क्षती भएको छ र एक हजार तीनसय ४२ घर आंशिक क्षति पुगेको छ । मर्मत गरेर काम चलाऊ हिसावले बस्न मिल्नेलाई आंशिक क्षतिमा गणना गरिएको छ ।

बारामा नौ सय ४० घर पूर्ण क्षति छ भने नौ सय ५५ घर आंशिक क्षति छ । त्यस्तै पर्सामा १२२ घर पूर्ण क्षति भएका छन् भने ९४० घरमा आंशिक क्षति भएको छ । स्थानीय वडाध्यक्ष, रेडक्रस र शुरक्षाकर्मीको संयुक्त टोलीले यो तथ्याँक निकालेको हो ।

प्रतिकार्यको तेस्रो दिन आज विभिन्न सहयोगको लागि रेडक्रसका ८२ स्वयंसेवक खटिएका र थप १ सय ३३ परिवारलाई तारपोलिन र डोरी वाँडिएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । १०० वटा म्याट्रेस र ४० वटा कम्मल पनि आजै वितरण गरिएको छ ।

केन्द्रीय तहबाट राष्ट्रिय विपद् प्रतिकार्य समूह दुवै जिल्लामा पुगिसकेका छन् र भोलीदेखि खानेपानी तथा सरसफाईको राष्ट्रिय विपद् प्रतिकार्य टोली बारामा सक्रिय हुनेछन् ।

स्थलगत प्रतिवेदनलाई ध्यानमा राख्दै ५ सय थान झूल भोली बारामा पुग्ने गरी काठमाडौँबाट पठाइएको छ । पानी सुद्धिकरणका ट्यावलेट, साबुन जस्ता सरसफाई सामग्री पनि भोली साँझसम्म प्रभावित स्थलमा पुग्ने विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरिमोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रभावित क्षेत्रमा छाना र तयारी खानासँगै पकाउने चुलो, टर्चलाइट र चर्पीको आवश्यकता देखिएको बारा रेडक्रसले जानकारी दिएको छ ।

रेडक्रसले हालसम्म २ सय ६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको छ । यो सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडाहरु १६ मीटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी, १० मिटर डोरी रहेका छन् । यसका अतिरिक्त ६१२ परिवारलाई तारपोलिन तथा डोरी वितरण गरिएको छ ।

रेडक्रसका विभिन्न जिल्ला शाखाहरुले बारा जिल्ला शाखालाई प्रतिकार्यमा सहयोग गरेका छन् । झापा जिल्लाबाट थप १ लाख ३७ हजार रुपैँया नगद आज बारामा प्राप्त भएको छ । यस अघि सिन्धुली, सुनसरी, सिरहा, भक्तपुरबाट नगद सहयोग प्राप्त भएको बारा रेडक्रसका मन्त्री धीरेन्द्र यादवले बताएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS