IME Life

कामना सेवाको वैदेशिक मुद्रा सटही सेवा शुभारम्भ

SPIL
Sanima Reliance

कामना सेवा विकास बैंक लिमिटेडले वैदेशिक मुद्रा सटही सुविधाको सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तारको क्रममा आफ्नै भवनमा रहेको मुख्य शाखा कार्यालयमा वैदेशिक मुद्रा सटही सुविधाको सेवा शुभारम्भ गरेको हो ।

Crest
Meta Holidays

बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदीले संयुक्त रुपमा उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

हाल बैंकको मुख्य शाखा ज्ञानेश्वर, भैरहवा, सृजना चोक पोखरा, दमौली, नारायणगढ लायन्स चोक र बुटवल शाखा बाट यो सुविधा लिन सकिने छ । साथै, निकट भविष्यमा बैंकका सबै शाखाहरु बाट समेत उक्त सुविधा प्रदान गर्ने लक्ष्य रहेको बैंकका आचार्यले बताए ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले एबिबिएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सि आस्वा लगायतका माध्यम बाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थ्प गर्दै जाने बैंकको योजना रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x