साताको अन्तिम दिन नेप्से परिसुचक घट्यो

साताको अन्तिम दिन बिहिबार नेप्से ० दशमलव ६४ अङ्कले घटेर ११६५ दशमलव २० अङ्कमा कारोबार बन्द भएको छ । ४२ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी कारोबार एनआईसी एसिया बैंकको भएको छ । जसको कारोबार आज ४ करोड ७१ लाख ८० हजार रुपैयाँ बराबरको भएको छ । त्यस्तै यस दिन  सर्बाधिक कमाउनेमा सिन्ध् विकास बैंकका लगानीकर्ताहरु रहेका छन् ।

जसको शेयर मुल्यमा आज ५ दशमलव १९ प्रतिशतले वृद्धि गरेको छ । जसको शेयर मुल्य आज १ सय ४२ रुपैयाँ रहेको छ । साथै  सर्बाधिकगुमाउनेमा युनिर्भसल पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ९ दशमलव २४ प्रतिशतले घटेको छ । जसको आज शेयर मूल्य १०८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार