IME Life

गुराँस लाईफ र सूर्या लाईफलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २ अर्ब पूँजीको लक्ष्य दिएकोमा सूर्या र गुराँस लाईफ सबै भन्द थोरै  पूँजी भएका जीवन बीमा कम्पनीहरु हुन् ।

सूर्या लाईफ इन्स्योरेन्स र गुराँस लाईफ इन्स्योरेन्सलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन

Prabhu
Crest

गुराँस लाईफ इन्स्योरेन्सले ८ प्रतिशत बोनस शेयर र ५० प्रतिशत हकप्रद शेयरको लागि बुक क्लोज गरिसकेको अवस्थामा छ । सो हकप्रद र बोनस शेयर पश्चात कम्पनीको  पूँजी ९३ करोड ८५ लाख पुगेको छ । कम्पनीले आफ्नो वार्षिक साधारण सभा चैत्र २१ गर्दै छ ।

त्यस्तै कम्पनीले ५० प्रतिशत हकप्रद प्रयोजनाका लागि पनि चैत्र ६ गते बुक क्लोज गरेको छ । चैत्र ५ गते सम्म कायम शेयर धनीले ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हकप्रद आवेदन दिने समय चैत्र २८ गते देखि जेठ १ गते सम्म रहेको छ ।

चैत्र २१ गते बस्ने वार्षिक साधारण सभामा कम्पनीले शत प्रतिशत हकप्रद शेयरको प्रस्ताव पनि लैजादै छ । प्रस्तावित शत प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको पूँजी १ अर्ब ८७ करोड पुग्ने छ ।

सूर्या लाईफ इन्स्योरेन्सको पुँजी १ अर्ब १३ करोड रुपैयाँ छ । सूर्या लाईफ इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद शेयर निस्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । सो हकप्रद शेयर पश्चात कम्पनीको पूँजी १ अर्ब ९२ करोड पुग्ने छ ।

जगेडा कोषको आधारमा

जगेडा कोषमा सूर्या लाईफ नै अघि छ । सूर्या लाईफको जगेडा कोषमा ४३ करोड १४ लाख संचित छ भने गुराँसको जगेडामा २६ करोड ५२ लाख रुपैयाँ छ ।

जीवन बीमा कोषको आधारमा

जीवन बीमा कोषमा गुराँस लाईफ अघि छ । गुराँस लाईफको जीवन बीमा कोषमा ४ अर्ब ८७ करोड छ भने सूर्या लाईफको जीवन बीमा कोषमा ४ अर्ब ३० करोड रुपैयाँ संचित छ ।

कुल र खुद बीमा शुल्क आर्जन रकमको आधारमा

गुराँस लाईफले ७३ करोड ७३ लाख कुल बीमा शुल्क आर्जन गरको छ भने ७१ करोड ९९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । सूर्या लाईफ इन्स्योरेन्सले ९९ करोड ५० लाख कुल बीमा शुल्क आर्जन गरको छ भने ९५ करोड ३३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा

खुद नाफाको आधारमा सूर्या लाईफ अघि छ । यो ६ महिनाको अवधिमा सूर्या लाईफले १० करोड ८२ लाख खुद नाफा गरेको छ भने गुराँस लाईफ इन्स्योरेन्सले ४ करोड ९ लाख खुद नाफा गरेको छ ।

सूर्या लाईफको प्रति शेयर आम्दानी १९ रुपैया १२ पैसा छ भने गुराँस लाईफको प्रति शेयर आम्दानी ८ रुपैयाँ ७३ पैसा छ । प्रति शेयर आम्दानीलाई वार्शिकरण गरिएको छ ।

यद्यपि, जीवन बीमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS