महालक्ष्मी लाइफ इन्स्योरेन्स र मेगा बैंक बीच बीमा सेवा सम्झौता

महालक्ष्मी लाइफ इन्स्योरेन्स र मेगा बैंक बीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फ बाट नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र बैंकका तर्फ बाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकका ग्राहकहरूले महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा तथा सुविधाहरु अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

मेगा बैंकका देशभरका १ सय २ शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार