IME Life

गरिमा विकास बैंक र गण्डकी विकास बैंकलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

गरिमा विकास बैंक र गण्डकी विकास बैंक समान  पूँजी भएका विकास बैंक हुन् । नेपाल रास्ट्र बैंकले रास्ट्रिय स्तरका विकास बैंकलाई २ अर्ब ५० करोड पुँजीको लक्ष्य दिएकोमा दुवै कम्पनीले सो लक्ष्य हासिल गरिसकेको अवस्था छ ।

दुवै बैंकले आर्थिक वर्ष ७४/७५ को साधारण सभा सम्पन्न गरेका छन् । गरिमा विकास बैंकले आर्थिक वर्ष ७४/७५ को साधारण सभा गर्दै १० प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांस दिएको थियो भने गण्डकी विकास बैंकले आर्थिक वर्ष ७४/७५ को साधारण सभा गर्दै १४ दशमलव २० प्रतिशत नगद लाभांस दिएको थियो । गरिमा विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७८ करोड छ भने गण्डकी विकास बैंकको पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

दुई विकास बैंकलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

नोट

प्रति शेयर आम्दानीलाई वार्षिकरण गरिएको छ , बजार मूल्य चैत्र १८ गतेको लिईएको छ ।

जगेडा कोषको आधारमा :

जगेडा कोषमा गण्डकी विकास बैंक अघि छ । गण्डकी विकास बैंकको जगेडा कोषमा ८८ करोड ३० लाख रुपैयाँ संचित छ भने गरिमा विकास बैंकको जगेडा कोषमा ६५ करोड २६ लाख रुपैयाँ संचित छ ।

निक्षेप र कर्जाको आधारमा :

गरिमा विकास बैंकले २६ अर्ब ९७ करोड निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ । त्यस्तै गण्डकी विकास बैंकले २६ अर्ब १९ करोड निक्षेप संकलन गरी २३ अर्ब ३८ करोड कर्जा प्रवाह गरेको छ ।

नाफाको आधारमा :

गरिमा विकास बैंकले दोश्रो त्रैमास सम्म २७ करोड ९५ लाख रुपैँया खुद नाफा गरेको छ भने गण्डकी विकास बैंकले २६ करोड ५२ लाख रुपैया खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :

प्रति शेयार आम्दानीको आधारमा गरिमा विकास बैंक अघि छ । गरिमा विकास बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ ०५ पैसा छ भने गण्डकी विकास बैंकको प्रति शेयर आम्दानी १९रुपैयाँ  २९ पैसा छ ।

मूल्य आम्दानी अनुपातको आधारमा :

मूल्य आम्दानी अनुपातको आधारमा दुवै समान छन् । दुवै विकास बैंकको मूल्य आम्दानी अनुपात १० गुणाको वरिपरी छ, यसको मतलव दुई विकास बैंकहरु “अण्डरभ्यालूड” क्षेत्रमा छन् ।

त्यस्तै दुवै बैंकको निस्क्रिय कर्जा ० दशमलव ५० प्रतिशत भन्दा मुनी छ । दुई बैंकको सिसिडी अनुपात ७८ को वरिपरी छ ।

दोश्रो बजारमा अहिले मन्दी आएको बेलामा विकास बैंक समूह पनि त्यसमा पन्छीन सकेन। राम्रो , मूल्य आम्दानी अनुपात थोरै भएका , प्रति शेयर आम्दानी सन्तुलनमा राख्न सफल , जगेडा बलियो भएका र व्यापार व्यवसाय वृद्धि गर्दै लागेका विकास बैंकमा लगानी गर्दा प्रतिफलको आधारमा लगानीकर्तालाई फाइदा नै पुग्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS