IME Life

हावाहुरी क्षतीमा कम्पनीहरुलाई दाबी कतीको आईरहेको छ त ?

SPIL
NIC ASIA

बारा र पर्सामा गएराती हावाहुरी चल्दा ठूलो धनजनको क्षति भएको छ । सबैभन्दा धेरै विरगञ्ज मा ठूलो मात्रामा धनजनको क्षती भएको छ ।

हालसम्म २८ जनाको मृत्यु भईसकेको खबर आएको छ, भने ६०० जना घाईते भएको जिल्ला प्रशासन कार्यलय बाराले जनाएको छ ।बाराको पसौनी, फेटा, तेलकुवा, भल्विया , पुरैनियार परशुरामपूर, र पर्साको चैनपूर बढी प्रभावित भएका छन् । हिजो भएको विनासकारी हावाहुरीले विरगञ्जमा बिशेष क्षती पुगेको छ ।

Prabhu
Crest

क्षती भएसँगै कम्पनीहरुमा कती दाबी आईरहेको छ त भन्ने बिषयमा इन्स्योरेन्सखबरकर्मी रिना खत्री र बिजया बास्कोटाले विरगञ्ज स्थित बीमा कम्पनीहरु सँग गरेको कुराकानी :

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको विरंगज शाखाका धन्नजय थोकरले ठूलो मात्रामा क्षती भईरहेको र हामी यसै कामको लागि रहेका छौ । औधोगिक,कृषि एवं विविध क्षेत्रबाट दाबीको आईरहेको छ । अझ दाबी आउने क्रम जारी रहेको उनले बताए ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको विरंग्ज शाखाका अन्डरराईटिङ शाखाका रामप्रसाद विष्टले अहिले सम्म हामी सँग दुईवटा मात्र दाबी आईसकेको छ । अझै दाबी आउने क्रम जारी रहेको उनले बताए ।

युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेड

युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको विरंग्ज शाखामा भने अहिलेसम्म कुनै दाबी नआएको कम्पनीले जनाएको छ । क्षती थुपै भएको कारणले गर्दा दाबी आउन सक्ने विरंग्ज स्थित युनाईटेड इन्स्योरेन्सले जनाएको छ ।

सिदार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड

सिदार्थ इन्स्योरेन्स लिमिटेडका विरगञ्ज शाखाका बर्दी बस्नेतले हालसम्म कुनै दाबी नआएको बताएका छन् । दाबी आउन सक्ने अनुमान कम्पनी लिएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका क्लेम डिर्पाटमेन्टका हिरेन्द्र शाहाका अनुसारकम्पनीम आहिले सम्ममा औधोगिक क्षेत्रबाट दाबी आईरहेको छ । यहाँ लाईन जाने समस्या भईरहेको हुदाँ खासै हामीले यसको बारेमा एकीन जानकारी भने अहिले दिन सक्ने स्थिति नरहेको उनले बताएका छन् । कम्पनीलाई जानकारी भएसम्म अहिलेसम्ममा औधोगिक क्षेत्र बाट मात्र तिनवटा दाबी आईसकेको उनले बताए ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेड

राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सहायक व्यवस्थापक अजुर्न पौडेलका अनुसार कम्पनीम अहिलेसम्म कुनै दाबी आईसकेको छैन । क्षती भईरहेको हुदाँ नआउला भन्न चै सकिदैन उनले बताए ।

प्रभु इन्स्योरेन्स कम्पनी

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडमा पनि चार वटा दाबी परेको छ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड बिरगञ्ज शाखाका शाखा इन्चार्जा आर.बी. आर .बी महत्तोका अनुसार कम्पनीमा गाडी र फ्याक्ट्रीको दाबी परेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा गाडी र फाक्ट्रीहरुको दाबी आईरहेको बिरगञ्ज शाखाका शाखा प्रबन्धक निशान्त लामिछानेले बताएका छन् । केही गाडी र फ्याक्ट्रीको दाबी परेको छ , यहाँ घरहरु प्रायजसो फुसको छन्, ९९ प्रतिशत घरहरुको बीमा भए कै छैन्, त्यसैले गर्दा पनि होला अहिले सम्म यत्ति मात्रै दाबीको खबर आएको छ । उनले बताए ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी

बिरगञ्ज शाखाका ब्राञ्च म्यानेजर हरि गोपाल श्रेष्ठका अनुसार अहिले सम्म दुई वटा गाडी र एक वटा घरको दाबी परेको छ । थप जानकारी आउन बाँकि रहेको श्रेष्ठले जानकारी दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS