Prabhu Life Ad Final

नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभाले पारित गर्यो १३.५ प्रतिशत बोनस सेयर

IME PAY

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३० औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले पारित गरे बमोजिम कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/ ७४(गत आव)को लागि चुक्ता पुँजीको १३.५ प्रतिशत बोनस सेयर बितरण गर्ने छ ।

उक्त कार्यक्रममा सभाले कर प्रयोजनको लागि नगद लाभांश १ करोड ८८ लाख रुपैयाँ पारित गरेको छ ।गत आवमा कम्पनीले कूल ५०६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीका अध्यक्ष प्रेमा सिंहले बताएकी छिन् । सो अवधिमा कम्पनीले १६९ करोड रुपैयाँ कूल दावी भुक्तानी गरेको एवम् ४१ करोड रुपैयाँको खुद मुनाफा आर्जन गरेको  अध्यक्ष सिंहले जानकारी दिइन ।

NCHL

यसैगरी चालु आवको अन्तसम्ममा कम्पनीको कुल लगानी १९.४२ प्रतिशतले बृद्धि भई १६ अर्ब ९६ करोड पुगेको छ ।
गत साधारण सभाबाट पारित निर्णय अनुसार ६० प्रतिशत हकप्रद सेयर र बोनस सेयर वितरण पश्चात कम्पनीको कूल चुक्ता पूँजी ३ अर्बभन्दा बढी पुग्ने कम्पनीले जनाएको छ ।

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x