Prabhu Life Ad Final

माछा बिक्रि गरेर बचेको रकम बाट बीमा

IME PAY
बीमित सिता भुजेल

नुवाकोट घर भएकी सिता भुजेल हाल ललितपुरको ग्वार्को बस्दै आएकी छिन् । मनमा व्यवसाय गरेर नै गुँजारा चलाउछु भन्ने सोच बोकेर शहर आएकी भुजेलले अहिले माछा पसल चलाउँदै आएकी छिन् ।

“शहर आएको केही समय मैले सानो तिनो जागिर गरे, त्यो जागिरले गुजारा चलाउन गाहे हुँदै गए पछि तरकारी पसल चलाए सबैको सल्लाह बमोजिम माछा पसल गर्न लागे, अहिले दिन मै राम्रै आम्दानी हुन्छ सिताले भनीन् ”

NCHL

 

 

 

 

 

तर उनले सोचेको जस्तो त्यत्ति सजिलो कहाँ थियो र यो शहर । उनी भन्छिन् “शहर आएको केही समय मैले सानो तिनो जागिर गरे, त्यो जागिरले गुजारा चलाउन गाहे हुँदै गए पछि तरकारी पसल चलाए सबैको सल्लाह बमोजिम माछा पसल गर्न लागे, अहिले दिन मै राम्रै आम्दानी हुन्छ सिताले भनीन् ।”

दैनिक रुपमा ६० केजीसम्म माछा बिक्री हुने गर्छ । सिजनको बेलामा त अझ बढी नै हुन्छ उनले भनिन । भविष्यमा पर्न सक्ने भवितव्य जोखिमलाई सजिलै सामना गर्न सकियोस् भन्ने हेतुले उनले एलआइसी नेपालमा ३ वर्ष अघि जीवन आनन्द बीमा योजना खरिद गरेकी छिन् ।

काम गर्न सकुञ्जेल त सबै आफ्ना काम गर्न नसक्ने दिन देखि आफ्न्त पनि पराई झै हुन्छन्, बीमाले हाम्रो जीवनमा पर्न गएको आर्थिक जोखिम लाई बहन गर्छ, त्यसैले मैले जीवन बीमा गराएकी हुँ उनले भनिन ।

“यदि मलाई केही भई गएको खण्डमा मेरो परिवारमा पर्न सक्ने आर्थिक अभावलाई केही सहयोग पुग्ला भन्ने सोचले बीमा गरे,”

सिता भन्छिन्, तपाई हामीले बीमा गर्नु पर्छ, भविष्यमा राम्रो हुन्छ, काम गर्न सकुञ्जेल सबै आफ्ना हुन्छन् तर काम गर्न नसक्ने अवस्थामा आफ्ना पनि पराई बनी दिन्छन् । भविष्यमा पर्न गएको जोखिमलाई बीमाले हेर्छ, हामीमा पर्न गएको आर्थिक संकटसँग सामना गर्न सहयोग गर्दछ । भोलि के हुन्छ कोहि कसैले देखेको हुँदैन, तर आज हामी आम्दानी गर्न सक्ने बेलासम्म केही रकम जीवन बीमा मार्फत बचत गर्नु पर्छ । पछि अरु कसैले साहारा नदिए पनि बीमाले दिन्छ ।

“यदि मलाई केही भई गएको खण्डमा मेरो परिवारमा पर्न सक्ने आर्थिक अभावलाई केही सहयोग पुग्ला भन्ने सोचले बीमा गरे,” उनले भनिन् ।

सिताले एलआइसी नेपालको जीवन आन्नद बीमा पोलिसी खरिद गरेकी हुन् । १० लाख रुपैयाँको जीवन आनन्द बीमा योजना खरिद गरेकी सीताले बार्षिक रुपमा १ लाख १५ हजार ५ सय रुपैयाँ बीमा शुल्क तिर्ने गर्छिन् ।

बीमा गर्ने ईच्छा उनमा थियो । तर कसरी, कहाँबाट र को मार्फत गर्ने होला भन्ने दोधारमा रहेकी सिताको एलआइसी नेपालकी एजेन्सी म्यानेजर सञ्जिता भक्त राजसँग भेट भयो । उनकै परामर्शमा मैले बीमा गरे र जीवन बीमाका बारेमा मैले धेरै कुरा जान्ने अवसर पनि पाएको बताउँछिन् ।

माछा किन्ने शिलशिलामा म उहाँको पसल गईरहन्थे, उहाँको हँसिलो मुहार, रसिलो बोलिले गर्दा म अरु माछा पसल भन्दा बढी त्यही माछा पसल पुग्न थाले । मान्छेको स्वभाव न हो जाँदा जादाँ उहाँको व्यवहार मलाई मन पर्यो र बीमाको प्रस्ताव राख्ने साहस गरे । शुरु शुरुमा त प्रस्ताव गर्न त्यत्ति सहज भने थिएन । तर मैले उहाँलाई एक दिन बीमाको प्रस्ताव गरे उहाँले सहजै स्वीकार गर्नुभयो सञ्जिताले बताईन ।

सञ्जिता भन्छिन्, बीमा किन गर्ने, केका लागि आवश्क छ भन्ने बुझाए पछि उहाँले मेरो प्रस्ताव स्वीकार गर्नु भयो । तपाईले काम गर्न सकुञ्जेल सबै आफ्ना हुन्छन्, काम गर्न नसक्ने अवश्था भए पछि कसैले हेर्दैनन् । कर्जा चाँहिएको खण्डमा लिन सक्नु हुनेछ ।

हरेक नेपालीको घरमा एलआइसी नेपालको एक बीमा योजना पुग्न सकोस् भन्ने मेरो सोच छ र त म सबै तह र तप्काका मानिसहरु लाई बीमामा सरिक गराउदैँ आईरहेको सञ्जिताले बताईन् ।

१३ वर्ष कै कलिलो उमेरमा बैबाहिक जीवनमा बाधिएकी सिताका ३ सन्तान छन् । श्रीमान र उनी माछा पसल सम्हाँल्छन् । लाउ लाउ खाउ खाउको उमेरमा बिबाह गरे पनि उनीहरुले मेहनत भने कहिलै गर्न छाडेनन् । काम र मेहेनतमा आस्था राख्ने भुजेल परिवार आजका लागि मात्र हैन भोलिको दिनमा हुन सक्ने जोखिमका बारेमा पनि सर्तक छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x