IME Life

अजोड इन्स्योरेन्सले तम्घास बजारमा दियो बाली तथा पशुपंक्षी सम्बन्धी बीमा अभिकर्ताको आधारभूत तालिम

SPIL
NIC ASIA

अजोड इन्स्योरेन्स लिमिटेडको बालीतथापशुपंक्षी सम्बन्धिबीमाअभिकर्ताको आधारभूत तालिम गुल्मीको तम्घास बजारमा सम्पन्न भएको छ ।

गुल्मीशाखाको तम्घासमा चैत्र १० र ११ गते आईतवार र सोमवार सम्पन्न तालिममा बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्नभएको हो ।

Prabhu
Crest

तालिमको अवसरमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय सिद्धान्त बीमा व्यवसायको वर्तमान अवस्था र चुनौति देखी कृषि बीमाको बिकास र बिस्तार तथा कृषि बीमाको अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

इन्स्योरेन्सका प्रवन्धक दिपक पोखरेलले बाली तथा पशुपंक्षी बीमाको साथै अभिकर्ताको काम कर्तब्य र अधिकार तथा जिम्मेवारीको बिषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा ६६ जना कृषि तथा पशु बीमा अभिकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गुल्मी शाखाका शाखा प्रमुख सन्तोष न्यौपानेले गरेका थिए भने ५ नम्बर प्रदेशका क्षेत्रिय प्रबन्धक भगवती रेग्मी तथा केन्दीय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेत र शाखा कार्यालयका कर्मचारीहरुले सहजीकरणको कार्य गरेका थिए ।

साथै शाखा कार्यालयका कर्मचारीहरुले अजोड इन्स्योरेन्स लिमिटेड बिगत माघ महिना देखि तम्घासको पुतलीबजारबाट निर्जिवन बीमाको सम्पूर्ण कार्य गदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS