IME Life

१० वर्ष पहिलेको एल.आई.सी. (नेपाल) को १० कित्ता शेयर अहिले कति पुग्यो ?

SPIL
NIC ASIA

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एल.आई.सी. (नेपाल) कम्पनीमा ५५ प्रतिशत हिस्सा एल.आई.सी. इण्डियाको, २५  प्रतिशत शेयर हिस्सा विशाल ग्रुपको र बाँकी २० प्रतिशत शेयर हिस्सा सर्वसाधारणको रहेको छ । कम्पनीले आर्थिक वर्ष ६४/६५ देखि आर्थिक वर्ष ६६/६७ सम्म नगद लाभासंमा जोड दिएको थियो भने आर्थिक वर्ष ६७/६८ मा कुनै पनि लाभांस दिएको थिएन ।

आर्थिक वर्ष ६८/६९ देखि कम्पनीले निरन्तर बोनस शेयर दिदै आएको छ । कम्पनीले आर्थिक वर्ष ६८/६९ मा सबै भन्दा धेरै ६२ प्रतिशत बोनस शेयर प्रदान गरेको थियो । यो १० वर्षको अवधिमा कम्पनीले आर्थिक वर्ष ६९/७० मा एकपटक  २५ प्रतीशत हकप्रद निष्कासन गरेको थियो  ।

Prabhu
Crest

कम्पनीको आर्थिक वर्ष ६४/६५मा १० कित्ता शेयर हुने लगानीकर्ताको अहिले ६० कित्ता शेयर पुगेको छ ।

कम्पनीको प्रति कित्ता १५०० बजार मूल्यलाई आधार मन्दा आजको दिनमा ६० कित्ताको बजार मूल्य ९० हजार हुन्छ ।

अहिले सम्म १० कित्ता शेयरबाट लगानीकर्ताले ४०२ रुपैया नगद लाभासं पनि प्राप्त गरेका छन् ।

हेरौ कम्पनीको विगत १० वर्षको लाभांस र हकप्रद शेयरको अवस्था

नोट:

आर्थिक वर्ष ६४/६५ देखि आर्थिक वर्ष ६६/६७ सम्म प्रदान गरिएको नगद लाभांसको कर प्रयोजनार्थ रकमलाई पनि समावेश गरिएको छ भने आर्थिक वर्ष ६८/६९ देखि आर्थिक वर्ष ७३/७४ सम्मको बोनस शेयर प्रयोजनार्थ नगद लाभांस रहेको छ ।

कम्पनीले आर्थिक वर्ष ७३/७४ मा दिएको १२ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको पुँजी १ अर्ब ४९ करोड पुगेको छ । कम्पनीले अझै आफ्नो पुँजी ३४ प्रतिशतले वृद्धि गर्नु पर्ने छ ।

राम्रो लाभांस दिने कम्पनीलाई दीर्घकालीन रुपमा होल्ड गर्दा पनि फरक नपर्ने तथ्य देख्न सकिन्छ । दोश्रो बजारमा कम्पनीको मूल्य घट्दा समेत राम्रो लाभांस दिदै आएका कम्पनीलाई त्यस्तो ठुलो असर नपर्ने देखिन्छ । नोक्सानीमा गएका कम्पनी वा लाभांस दिन नसक्ने कम्पनीहरु कारोवारका लागि योग्य भएपनि दीर्घाकालीन लगानीका लागि त्यति उपयक्त हुदैनन् । दोश्रो बजारमा बियरिस ट्रेण्ड देखिदा लाभांस दिन नसक्ने कम्पनीमा लगानीकर्ताहरु फस्ने र राम्रो प्रतिफल दिने कम्पनीमा लगानीकर्ताहरुलाई लाभांसले लागत सन्तुलन गर्न देखिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS