IME Life

वित्तीय अवस्था बलियो बनाउँदै हिमालयन जनरल इन्स्योरेन्स, हेरौ कम्पनी विस्लेषण

SPIL
NIC ASIA

कम्पनीको प्रकार : निर्जीवन बीमा

Prabhu
Crest

Symbol: HGI

प्रधान कार्यालय : बबरमहल, काठमान्डौ
सेयर रजिष्ट्रार : एनएमबी क्यापिटल

वेबसाईट :www.hgi.com.np

पुँजीको अवस्था
आवश्यक न्युनतम चुक्ता पुँजी : १ अर्ब
हाल रहेको पुँजी :१ अर्ब २ करोड
आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव :अझै बाँकी छ 

महत्वपूर्ण अनुपातहरु:

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को दोश्रो त्रैमासको वित्तिय विवरण :

हिमालयन जनरल इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  •  कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद मुनाफा ८ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा ५ करोड १० लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा ६९ प्रतिशतले कम भएको छ ।
  •  इन्स्योरेन्सको जगेडा कोषको आकार ७० प्रतिशतले वृद्धि भएर १९ करोड ८९ लाख पुगेको छ ।
  •  कम्पनीको बीमा कोष २६ प्रतिशतले वृद्धि गरेर ४४ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
  •  कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ७२ करोड ७९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा ४१ प्रतिशतले वृद्धि भएको छ ।
  •  कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा ८ प्रतिशतले वृद्धि भएर १८ करोड ९२ लाख पुगेको छ ।
  •  यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम ८३ प्रतिशतले वृद्धि भएर २६ करोड ९८ लाख रहेको छ भने खुद दावी भुक्त्तानी ८ करोड ७७ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा १८ प्रतिशतले धेरै हो भने १ अर्ब ५० करोड दावी भुक्तानी गर्न बाँकी छ ।
  •  कम्पनीको प्रति शेयर आम्दानी ६९ प्रतिशतले वृद्धि हुँदै १६ रुपैयाँ ७४ पैसा रुपैँया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ९ रुपैयाँ ९३ पैसा थियो ।

निष्कर्ष :
आक्रामक हिसाबले पुँजी वृद्धि इन्स्योरेन्सले अहिले आएर व्यापार व्यवसायमा प्रगति आउदै गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म खुद नाफालाई ६९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीले १ अर्ब पुँजीको लक्ष्य हासिल गरे पश्चात नगद लाभासं दिएको थियो । पुँजीमा वृद्धि नभएको र खुद नाफामा ६९ प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानी पनि ६९ प्रतिशतले वृद्धि भएको छ । बीमा शुल्क आर्जन रकम पनि वृद्धि हुन सफल भएको छ ।
कम्पनीको भुक्तानी हुन बाँकी रकम ६५ प्रतिशतले कम हुँदै १ अर्ब ५० करोड रहेको छ । गत वर्ष सो रकम ४ अर्ब २९ करोड थियो ।

कम्पनीको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :

कम्पनीकोे विगत ५ वर्षको लाभासः

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS