IME Life

एसियन लाईफ र प्राईम लाईफ इन्स्योरेन्स लाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

चुक्ता पूँजी
एसियन लाईफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १ करोड छ भने प्राईम लाईफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७८ करोड छ ।

एसियन लाईफ इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद शेयर निस्काशनका लागि बुक क्लोज गरिसकेकोले सो हकप्रद शेयरलाई पुँजीमा समावेश गर्दा कम्पनीको पूँजी  २ अर्ब कटेको हो। कम्पनीले सो हकप्रद प्रयोजनका लागि यही फाल्गुन २२ गते बुक क्लोज गरेको थियो। फाल्गुन २१ गते सम्म कायम शेयरधनीले सो हकप्रद शेयर खरीद गर्न सक्ने छन् । १० बराबरका ६ अनुपातका हकप्रद शेयरका खरिद गर्नका निमित्त चैत्र २५ गते देखि बैशाख २९ गते सम्मको समय छ्टट्याईएको छ ।

Prabhu
Crest

त्यस्तै प्राईम लाइफ इन्स्योरेन्सको  पूँजी १ अर्ब ७८ करोड रहेकोमा बीमा समितिले तोकेको जीवन बीमा कम्पनीलाई न्युनतम चुक्ता पूँजी २ अर्बको लक्ष्य हासिल गर्न कम्पनीलाई आफ्नो पूँजी १२ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । आर्थिक वर्ष ७४/७५को साधारण सभा बाट बोनस शेयर मार्फत सो लक्ष्य पुरा हुने सम्भव धेरै देखिन्छ

जगेडा कोष

एसियन लाईफ इन्स्योरेन्सको जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ संचित छ भने प्राइम लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ९७ करोड ९० लाख रुपैयाँ संचित छ ।

जीवन बीमा कोष

लाईफ इन्स्योरेन्स कम्पनीहरुको महत्वपूर्ण कोष जीवन बीमा कोष हो । एसियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १५ अर्ब रुपैयाँ छ भने प्राइम लाईफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ७ अर्ब ६८ करोड रुपैयाँ संचित छ ।

कुल र खुद बीमा शुल्क आर्जन रकम

एसियन लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १ अर्ब ७३ करोड कुल बीमा शुल्क रकम आर्जन गरेकोमा १ अर्ब ७३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ त्यस्तै प्राइम लाइफ इन्स्योरेन्सले १ अर्ब २८ करोड कुल बीमा शुल्क रकम आर्जन गरेकोमा १ अर्ब २२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफा

यो ६ महिनाको अवधिमा एसियन लाईफ इन्स्योरेन्सले २ करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको छ भने प्राईम लाईफ इन्स्योरेन्सले ९ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

भुक्तानी हुन बाँकी दाबी

एसियन लाईफ इन्स्योरेन्सको १ करोड १७ लाख बराबरको दाबी भुक्तानी हुन बाँकी छ भने प्राईम लाईफ इन्स्योरेन्सको १ करोड ९२ लाख बराबरको दाबी भुक्तानी हुन बाँकी छ ।

प्रति शेयर आम्दानी

एसियन लाईफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी २ दशमलव ८७ रुपैयाँ छ भने प्राईम लाईफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी १० दशमलव १४ रुपैयाँ छ । प्रति शेयर आम्दानीलाई वार्षिकरण गरिएको छ ।

हेरौ एसियन लाईफ इन्स्योरेन्स र प्राईम लाईफको तुलनात्मक टेबल

लेखा परीक्षण नभएको बित्तिय विवरणमा एक्चुअरी मूल्यांकन हुन बाँकी भएकाले खुद नाफा र प्रति शेयर आम्दानी भने एक्चुअरी मूल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

नोटः
एसियन लाईफ इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज गरिसकेकोले सो हकप्रद शेयरलाई पूँजीमा समावेश गर्दा कम्पनीको पूँजी २ अर्ब कटेको हो ।

प्रति शेयर आम्दानीलाई वार्षिकरण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS