नेप्से ५.७८ अंकले घट्यो, कारोबार रकम २३ करोड २४ लाख

साताको पहिलो दिन नेप्से ५ दशमलव ७८ अङ्कले घटेर ११३४ दशमलव ८० अङ्कमा बन्द भएको छ । २३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

हाइड्रोपावर क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै आशा लघुवित्त वीत्तिय संस्थाको १ करोड ५५ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै नागवेलि लघुवित्तको सेयरमा ३ दशमलव ३९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै युनिर्भसल पावर कम्पनीको शेयर १० प्रतिशतले घट्न पुग्यो ।

जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार