SKIP THIS

Slicl

७० बर्ष पुगेकाको सरकारले बीमा गराउँने

७० बर्ष पुगेका नागरिकको सरकारले निशुल्क बीमा गराउँने भएको छ । स्वास्थ्य विनियमावली २०७५ पारित गर्दै सरकारले निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको हो । चालु आर्थिक बर्षको बजेट मार्फत सरकारले ७० बर्ष पुगेका ज्येष्ठ नागरिकको १ लाख रुपैयाँ बीमांक बराबरको निशुल्क बीमा गराउँने प्रतिबद्धता गरेको थियो । सोही अनुुरुप विनियमालीमा व्यवस्था गरिएको हो ।

सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत पाँच जनाको परिवारलाई एक इकाई मानिएको छ । तर, ७० बर्ष उमेर पुगेका प्रत्येक ज्येष्ठ नागरिकलाई एक इकाई मानी कार्यक्रममा आबद्ध गर्नुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ ।

ज्येष्ठ नागरिकले स्वास्थ्य बीमा अन्र्ग थप आठ सुविधा पाउँनेछ । क्यान्सर, मुटु रोग, मुगौला रोग, हेड इन्जुरी, स्पाईनल इन्जुरी, सिकलेस एनिमिया, पार्किन्सोन्जिम र अल्जाईमर उपचार सुविधा पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार