एभरेष्ट इन्स्योरेन्स र महालक्ष्मी विकास बैंक बीच बीमा सेवा सम्झौता

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड बीच बीमाा सेवा सम्झौता भएको छ ।

सम्झौता पत्रमा एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् ।

साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने कुराको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार