IME Life

बीमा कम्पनीले नै बनाउँछन् नक्कली मेडिकल रिपोर्ट

SPIL
NIC ASIA

जीवन बीमा कम्पनीहरुले बीमा गराउँदा नक्कली मेडिकल रिपोर्ट बनाउँने गरेका छन् । व्यवसाय प्रतिस्पर्धाका कारण कम्पनीहरुले मेडिकल रिपोर्ट नै नक्कली बनाएर बीमा योजना जारी गर्ने गरेको एक जीवन बीमा कम्पनीका कर्मचारीले बताए ।

कुनै पनि कम्पनीले बीमा योजना जारी गर्दा बीमा गर्ने सम्पति वा मानिसको जोखिमको मूल्यांकन गर्छ । मूल्यांकन पछि मात्रै बीमाशुल्क तय गरिन्छ । अर्थात् जोखिमको अवस्था हेरेर बीमाशुल्क धेरै थोरै हुन सक्छ । कम जोखिममा रहेको सम्पति वा मानिसको बीमाशुल्क कम हुन्छ भने बढी जोखिम हुनेको धेरै हुन्छ ।

Prabhu
Crest

यसरी जीवन बीमा गर्दा साधारणतया २० लाख बीमांक र ४५ बर्ष भन्दा माथिको उमेरको मानिसको बीमा गर्दा मेडिकल रिपोर्ट आवश्यकता पर्छ । कम्पनीले बीमितको स्वास्थ्य अवस्था ठिक छ भन्ने प्रमाणित भए पछि सोही अनुसार बीमाशुल्क निर्धारण गर्छ । तर, यस्तो खालको रिपोर्ट कम्पनीले नै बनाउँने गरेको एक बीमितले बताए । उनका अनुसार उनले बीमा गर्दा बीमा कम्पनीले नै उनलाई नक्कली मेडिकल रिपोर्ट बनाई दिएको थियो ।

बीमा कम्पनीहरुले व्यवसाय खोसिने डरमा यस्तो गरेको हुन सक्ने विज्ञहरु बताउँछन् । तर, यस्तो प्रवृतिले कम्पनीरुको जोखिम भने बढ्ने देखिन्छ । नक्कली मेडिकल रिपोर्ट बनाउँदा भोलिका दिनमा दाबी पर्न सक्ने सम्भावना बढी देखिन्छ । तर, तत्कालको लागि व्यवसाय बृद्धि देखिए पनि दिर्घकालका लागि यो प्रवृति खतरनाक हुने विज्ञहरु बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS