ग्लोबल आइएमइको नयाँ शाखा कैलालीको अत्तरियामा

ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कैलाली जिल्लाको अत्तरियामा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य लेखराज भट्टले अत्तरिया शाखाको औपचारिक रुपमा उद्धघाटन गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, उद्योग बाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लि.ले सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार