IME Life

यो साता बजारमा देखियो करेक्सन, अरु के भयो ?

SPIL
NIC ASIA

११०० को विन्दु बाट दोस्रो  बजारले निकै छोटो समयमा माथि गएकाले यो सात दोस्रो बजारमा करेक्सन देखिएको छ । यो साता बुधवार सार्वजनिक विदा भएको कारणले गर्दा बुधवार एक दिन शेयर कारोवार भएन ।

यो साता ४ कारोवार दिन मध्य ३ कारोवार दिन नेप्से परिसूचक घटेको थियो भने १ कारोवार दिन मात्र नेप्से परिसूचक वृद्धि भएको थियो ।

Prabhu
Crest

यो साता ग्लोबल आईएमई लिमिटेडको प्रमोटर शेयर सर्वाधिक किन बेच भएको छ भने दोस्रो नेपाल लाईफ इन्स्योरेन्सको शेयर किन बेच भएको छ ।

हेरौ यो साता सर्वाधिक  शेयर कारोवार भएका १० कम्पनीहरु :

अन्लाईन कारोवार प्रणालीमा समस्या आए संगै लगानीकर्ताहरुले धरै नै समस्या पाउनु परेको छ । प्रणालीमा समस्या आए संगै शिवम सिमेन्ट र युनिभर्सल पावरको पहिलो दिन शेयर कारोवार हुन् सकेन । प्रिमियममा आईपीओ निस्काशन गरेको शिवम सिमेन्टको पहिलो कारोवारमा लगानीकर्ताहरु निकै उत्साहित थिए तर पनि प्रणालीले सो सम्भव गराएन ।

अन्लाईन प्रणालीमा कुनै न कुनै ठुला समस्या आउदै गरेकोले लगानीकर्ताको मनोबल घट्दै छ भन्ने बहस पनि सुरु हुन थालेको छ ।

“पहिलोको कारोवार प्रणालीमा ब्रोकरलाई आदेश दिएर शेयर कारोवार त हुन्थ्यो अहिले खरिद बिक्रीमा नै समस्या छ, प्रविधिको सहि उपयोग हुन सकेको छैन“ एक लगानीकर्ताले इन्स्योरेन्स खबर संग कुरा गर्दै भने ।

यो साता डिप्रोक्स लघुवित्त, साना किसान, एनएमबी बैंक, बुटवल पावर र सिटिजन्स बैंकको बोनस शेयर सुचिकृत भएका छन् भने शिवम सिमेन्ट र युनिभर्सल पावरको आईपीओ ( प्राथमिक शेयर) सुचिकृत भएका छन ।

अघिल्लो साताको अन्तिम कारोवार दिन नेप्से परिसूचक ११५५ दशमलव ५० को विन्दुमा बन्द भएकोमा यो साता अन्तिम कारोवार दिन नेप्से परिसूचक ११४० दशमलव ५७ को विन्दुमा बन्द भएको छ । यसको मतलव नेप्से परिसूचक यो साता भरी १४ दशमलव ९० ले घटेको छ ।

“दोस्रो बजार अघिल्लो साता राम्रो वृद्धि देखिएपनि अहिले लगानीकर्ता संग बजार बढेको बेला लगानी गर्न र शेयर होल्ड गर्न प्रयाप्त  तरलता देखिएन ।” एक प्राविधिक विश्लेषकले  इन्स्योरेन्स खबर संग कुरा गर्दै भने ।

आजको मिति सम्म सबै भन्दा ठुलो बजार पूँजीकरण भएको कम्पनीमा नेपाल टेलिकम परेको छ ।

आज सम्म सर्वाधिक  बजार पुँजीकरण भएका १० कम्पनीहरु :

अन्य परिसूचक :

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS