IME Life

ठुलो मात्रामा हकप्रद निष्काशन प्रक्रियामा रहेका युनाईटेड इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स लाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

चुक्ता पुँजी

एभरेस्ट इन्स्योरेन्सको चुक्ता पुँजी २७ करोड ३९ लाख छ भने युनाईटेड इन्स्योरेन्सको चुक्ता पुँजी ३० करोड २४ लाख छ । एभरेस्ट इन्स्योरेन्सले १०५ प्रतिशत सस्थापक हकप्रद शेयर निस्काशन गरिसकेकोले सो हकप्रद शेयरलाई पुँजीमा समावेश गरेर प्रति शेयर आम्दानी गणना गरिएको छ ।

Prabhu
Crest

कसरी गर्दै छन् दुई कम्पनीले पुँजी वृद्धि

निर्जीवन बीमा कम्पनीलाई बीमा समितिले १ अर्ब पुँजी को लक्ष्य दिएकोमा दुवै कम्पनीले ठुलो मात्रामा हकप्रद शेयरको साहरा लिएर सो पुँजीको लक्ष्य हासिल गर्दै छन् ।

एभरेस्ट इन्स्योरेन्स ३०० प्रतिशत हकप्रद शेयर बिक्री गर्नका निमित्त धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले केही समय अघि १०५ प्रतिशत सस्थापक हकप्रद शेयर बिक्री प्रक्रिया सम्पन्न गरे पश्चात सो हकप्रद शेयर नेपाल स्टक एक्चेञ्जमा सुचिकिकरण गरिसकेको छ । सस्थापक र साधारण शेयरको अनुपात ५१ बराबर ४९ कायम गर्न कम्पनीले यस अघि १०५ प्रतिशत सस्थापक हकप्रद शेयर निष्काशन गरेको थियो । १०५ प्रतिशत सस्थापक हकप्रद पश्चात अहिले कम्पनीको पूँजी २७ करोड ३९ लाख रहेको छ ।

धितोपत्र बोर्डमा अनुमतिका लागि पुगेको ३०० प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको पुँजी १ अर्ब ९ करोड पुग्ने छ ।

यता युनाईटेड इन्स्योरेन्सको बिशेष साधारण सभाको निर्णय बमोजिम कम्पनीको वर्तमान चुक्ता पूँजी ३० करोड २४ लाखको २४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त प्रस्तावित हकप्रद शेयर पश्चात कम्पनीको पुँजी १ अर्ब २ करोड पुग्ने छ ।

जगेडा कोष

एभरेस्ट इन्स्योरेन्सको जगेडा कोषमा १२ करोड ३३ लाख रुपैयाँ संचित छ भने युनाईटेड इन्स्योरेन्सको जगेडा कोषमा ४ करोड ४० लाख रुपैयाँ संचित छ ।

बीमा कोष

एभरेस्ट इन्स्योरेन्सको बीमा कोषमा २० करोड ९४ लाख रुपैयाँ छ भने युनाईटेड को बीमा कोषमा ३० करोड ६८ लाख रुपैयाँ संचित छ ।

कुल र खुद बीमा शुल्क आर्जन रकम

एभरेस्ट इन्स्योरेन्सले ३८ करोड ९८ लाख कुल बीमा शुल्क रकम आर्जन गरेकोमा १८ करोड ८० लाख खुद बीमा शुल्क आर्जन गरेको छ त्यस्तै युनाईटेड इन्स्योरेन्सले २३ करोड २४ लाख कुल बीमा शुल्क रकम आर्जन गरेकोमा १५ करोड ५७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफा

यो ६ महिनाको अवधिमा एभरेस्ट इन्स्योरेन्सले २ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको छ भने युनाईटेड इन्स्योरेन्सले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

भुक्तानी हुन बाँकी दाबी

एभरेस्ट इन्स्योरेन्सको ३९ करोड ७३ लाख बराबरको दाबी भुक्तानी हुन बाँकी छ भने युनाईटेड इन्स्योरेन्सको २२ करोड ७६ लाख बराबरको दाबी भुक्तानी हुन बाँकी छ ।

प्रति शेयर आम्दानी

प्रति शेयर आम्दानीको मामलामा एभरेस्ट इन्स्योरेन्स अगाडी छ । एभरेस्ट इन्स्योरेन्सको प्रति शेयर आम्दानी १८ दशमलव ३६ रुपैयाँ छ भने युनाईटेड इन्स्योरेन्सको प्रति शेयर आम्दानी ११ दशमलव ५१ रुपैयाँ छ । प्रति शेयर आम्दानीलाई वार्षिकरण गरिएको छ ।

मूल्य आम्दानी अनुपात

युनाईटेड इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६६ गुणा छ भने एभरेस्ट इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४६ गुणा रहेको छ ।

हेरौ युनाईटेड इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सको तुलनात्मक टेबल

नोट:

एभरेस्ट इन्स्योरेन्सले १०५ प्रतिशत सस्थापक हकप्रद शेयर निस्काशन गरिसकेकोले सो हकप्रद शेयरलाई पुँजीमा समावेश गरेर प्रति शेयर आम्दानी गणना गरिएको छ ।

प्रति शेयर आम्दानीलाई वार्षिकरण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS