IME Life

अति गरिबलाई सित्तैमा बीमा, स्वास्थ्य बीमा नियमावली पारित

SPIL
NIC ASIA


नेपाल सरकारले अति गरिबलाई सित्तैमा बीमा गरिदिने भएको छ । सरकारले स्वास्थ्य बीमा नियमावली २०७५ पारित गर्दै गरिबलाई निशुल्क बीमा गरिदिने व्यवस्था गरेको हो । गत चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली पारित गरेको हो ।

सरकारले पारित गरेको स्वास्थ्य बीमा नियमावली अनुसार मध्यम गरिबीको परिचय पत्र प्राप्त परिवारको योगदान रकमको पच्चीस प्रतिशत छुट हुनेछ । त्यस्तै अति अशक्त, अपाङता, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोग विरामी भएकाको परिवारको पनि सरकारले निशुल्क बीमा सेवा प्रदान गर्नेछ । ७० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई पनि निशुल्क बीमा, महिला स्वास्थ्य स्वयंसेविका संलग्न परिवारको योगदान रकमको पचास प्रतिशत छुट हुनेछ ।

Prabhu
Crest

सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट पाँच जनाको परिवारले १ लाख रुपैयाँ बराबरको स्वास्थ सेवा पाउँनेछन् । यस अघि ५० हजार रुपैयाँसम्मको मात्रै सुविधा राखिएको थियो । पाँच जना भन्दा बढी सदस्य रहेको परिवारको हकमा प्रति सदस्य थप २० हजार रुपैयाँका दरले प्रति बर्ष अधिकत्तम २ लाख रुपैयाँसम्म भुक्तानी गरिनेछ । सत्तरी बर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई थप १ लाख रुपैयाँसम्मको सुविधा प्रदान गरिनेछ । साथै बीमितबाट जन्मेको बच्चाले बीमा अवधि भित्रमा बीमा सुविधा पाउँनेछन् ।

बीमा सुविधाको साथमा बीमाशुल्क पनि बृद्धि भएको छ । अब देखि पाँच जनासम्मको परिवारको लागि बार्षिक ३ हजार ५ सय रुपैयाँ मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ । थप प्रत्येक व्यक्तिका लागि बािर्षक ७ सय थप गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS