महालक्ष्मी लाईफ र मुक्तिनाथ बैंक बीच बीमा सेवा सम्झौाता

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता भएको छ।

सम्झौतापत्रमामा महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र मुक्तिनाथ बिकास बैंकको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ्ग र ले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकले सम्पूर्ण शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले सार्वधिक बीमा योजना,डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै गत माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार