IME Life

सिद्धार्थ इन्स्योरेन्स कम्पनी कस्तो छ ? हेरौ कम्पनी विस्लेषण

SPIL
NIC ASIA

कम्पनीको प्रकार : निर्जीवन बीमा

Symbol: SIL

Prabhu
Crest

प्रधान कार्यालय : बबरमहल, काठमाडौ
सेयर रजिष्ट्रार : एनएमबी क्यापिटल
वेबसाईट : www.siddharthainsurance.com

पूँजी वृद्धिको अवस्था

आवश्यक न्युनतम चुक्ता पूँजी : १ अर्ब
हाल रहेको पूँजी : ८६ करोड ५९ लाख
वृद्धि गर्नु पर्ने पूँजी : १३ करोड ४१ लाख
वृद्धि गर्नु पर्ने पूँजी प्रतिशत : १५ प्रतिशत
आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव : अझै बाँकी छ

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को दोश्रो त्रैमासको वित्तिय विवरण :

सिद्धार्थ इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद मुनाफा ८ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा ८ करोड ७८ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा २ प्रतिशतले वृद्धि भएको छ ।
  • इन्स्योरेन्सको जगेडा कोषको आकार १९३ प्रतिशतले वृद्धि भएर २३ करोड १४ लाख पुगेको छ ।
  • कम्पनीको बीमा कोष ३१ प्रतिशतले वृद्धि गरेर ५९ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
  • कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ९२ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा ६ प्रतिशतले वृद्धि भएको छ ।
  • कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा २ प्रतिशतले कम भएर ४४ करोड २७ लाख पुगेको छ ।
  • यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम १३ प्रतिशतले वृद्धि भएर ५२ करोड ४९ लाख रहेको छ भने खुद दावी भुक्त्तानी २४ करोड ४७ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा १९ प्रतिशतले धेरै हो भने ५८ करोड ५६ लाख दावी भुक्तानी गर्न बाँकी छ ।
  • कम्पनीको प्रति शेयर आम्दानी २४ प्रतिशतले कम हुँदै २० रुपैयाँ ७४ पैसा रुपैँया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा २७ रुपैयाँ ३८ पैसा थियो ।

निष्कर्ष :

कम्पनीको जगेडाकोषको आकार १९३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने बीमा कोषमा पनि ३१ प्रतिशतको वृद्धि देखिएको छ ।

कम्पनीको खुद नाफा नगन्य प्रतिशतले वृद्धि हुनु र चुक्ता पुँजी ३५ प्रतिशतले वृद्धि भएको कारणले कम्पनीलाई प्रति शेयर आम्दानी सन्तुलनमा राख्न केही समस्या भएको देखिन्छ ।

कम्पनीको बीमा शुल्क आर्जनमा वृद्धि देखिएको छैन भने कायम रहेको बीमा लेख संख्यामा पनि गिरावट आएको छ ।

कम्पनीको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :

कम्पनीकोे विगत ५ वर्षको लाभास :

(प्रतिशतमा)

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन  लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS