IME Life

राष्ट्रिय बीमा कम्पनीले २७५ प्रतिशतले पूँजी वृद्धि गर्नु पर्ने, हेरौ कम्पनी विस्लेषण

SPIL
NIC ASIA

कम्पनीको प्रकार : निर्जीवन बीमा

Symbol: RBCL

Prabhu
Crest

प्रधान कार्यालय : रामशाहपथ, काठमान्डौ

सेयर रजिष्ट्रार : एनआईबीएल एस क्यापिटल
वेबसाईट : www.rbcl.com.np

पूँजी वृद्धिको अवस्था :
आवश्यक न्युनतम चुक्ता पूँजी :  १ अर्ब
हाल रहेको पूँजी :  २६ करोड ६६ लाख
वृद्धि गर्नु पर्ने पूँजी :  ७३ करोड ३३ लाख
वृद्धि गर्नु पन प्रतिशत :  २७५ प्रतिशत
महत्त्वपुर्ण अनुपातहरु :

प्रमुख गतिविधि

कम्पनीले असोज ३० गते वार्षिक साधारण सभा गरेको थियो  । कम्पनीले आर्थिक वर्ष ६३/६४ देखि ६७/६८ सम्मको वित्तिय विवरण पारित गर्दै साधारण सभा सम्पन्न गरे पनि लगानीकर्ताले कुनै पनि लाभांस पाएनन ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को दोश्रो त्रैमासको वित्तिय विवरण :

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद मुनाफा १६ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा ३७ करोड २५ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा ५५ प्रतिशतले कम भएको छ ।
  • इन्स्योरेन्सको जगेडा कोषको आकार ९ प्रतिशतले वृद्धि भएर २ अर्ब १५ करोड पुगेको छ ।
  • कम्पनीको बीमा कोष १४ प्रतिशतले वृद्धि गरेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
  • कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ७२ करोड २२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा
  • शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा ४५ प्रतिशतले वृद्धि भएको छ ।
  • कम्पनीको खुद बीमा शुल्क आम्दानी गत त्रैमास भन्दा ९९ प्रतिशतले वृद्धि भएर २५ करोड ६७ लाख पुगेको छ ।
  • यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम १८ प्रतिशतले वृद्धि भएर ४ करोड ४ लाख रहेको छ भने खुद दावी भुक्त्तानी ३ करोड ६२ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा २२ प्रतिशतले धेरै हो ।
  • कम्पनीको प्रति शेयर आम्दानी ५५ प्रतिशतले कम हुँदै १२६ रुपैयाँ ३५ पैसा रुपैँया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा २७९ रुपैयाँ ४ पैसा थियो ।

निष्कर्ष :

कम्पनीको पुँजी अझै २७५ प्रतिशतले वृद्धि गर्न बाँकी छ । त्यसैले बजारमा मूल्य निकै माथि रहेको छ ।

कम्पनीको किताबी मूल्य र जगेडा कोष एकदमै बलियो छ । खुद नाफामा आएको ५५ प्रतिशतको गिरावटले गर्दा कम्पनीको प्रति शेयर आम्दानीमा पनि ५५ प्रतिशतको गिरावट देखिएको छ ।

बीमा शुल्क आर्जन रकममा भने कम्पनीले राम्रै प्रगति गरेको देखिन्छ ।

कम्पनीकोे विगतको वर्षको लाभास :
(प्रतिशतमा)

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन  लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS