SKIP THIS

Slicl

भैरहवामा भायनेटको नयाँ शाखा

Image result for vianet nepalनेपालको अग्रणी इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले नयाँ शाखा भैरहवामा संचालन गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

विगत १९ वर्ष देखि भायनेटले विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ । सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा अर्थात FTTH इन्टरनेट सेवा सुचारु गरेको थियो ।

सन् २०१६ मा भायनेटले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय टि.भी. सेवा प्रदान गर्नको निमित्त ८० भन्दा बढी ज्म् च्यानल सहित २३० वटा च्यानल भएको NETTV सँग साझेदारी गरेको थियो ।

हाल उपलब्ध भायनेटको योजना मार्फत वार्षिक ग्राहकहरुले इन्टरनेटको प्लानमा १ वर्षको नेट टि.भी. र नेट टि.भी. सेट–टप–बक्स निःशुल्क प्राप्त गर्न सकिनेछ ।

यसका साथै चैत्र मसान्त भित्र नयाँ शाखा भ्रमण गर्ने ग्राहकहरुले आकर्षक छुट तथा अफरहरु समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार