एभरेष्ट इन्स्योरेन्स र ज्योति विकास बैंक बीच बीमा सेवा सम्झौता

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति विकास बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम र ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात ज्योति विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवा सहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् ।

साथै बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार