IME Life

के तपाई अभिकर्ता हुनुहुन्छ ? तपाईले आफनो लाईसेन्स नविरकण गर्नुभयो ?

SPIL
NIC ASIA


बीमा अभिकर्ताहरुले प्रत्येक बर्षको चैत्र मसान्तसम्ममा आफनो इजाजत पत्र नवीकरण गरिसक्नुपर्नेछ । बीमा ऐन २०४९ अनुसार उक्त अवधि भित्रमा नविकरण नगरेमा समितिले इजाजत पत्र खारेज समेत गर्न सक्नेछ ।

बीमा नियमावली अनुसार बीमा अभिकर्ताले आफनो इजाजतपत्र नवीकरण गराउनको लागि चैत महिना भित्रमा नवीकरण दस्तूर बापत २ सय रुपैयाँ समेत संलग्न राखी समितिको कार्यलयमा निवेदन दिनुपर्नेछ । यसरी निवेदन प्राप्त भएमा समितिले त्यस्तो बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गरिदिनु पर्नेछ ।

Prabhu
Crest

म्यादभित्रै कुनै बीमा अभिकर्ताले आफनो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेमा कारण खुलाई समितिको कार्यलयमा निवेदन दिन सक्नेछन् ।

अभिकर्ताले दिएको निवेदन उचित लागेमा समितिले नवीकरणको म्याद नाघेको पहिलो २ महिनासम्मको लागि १ सय रुपैयाँ र त्यसपछिको चार महिनासम्मको लागि प्रति दिन ५ रुपैयाँ थप दस्तुर लिई त्यस्तो बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गरी दिन सक्नेछ । थप दस्तूर लिई बढीमा ६ महिनाको म्याद थप गरिदिन सक्नेछ ।

कुनै बीमा अभिकर्ताले आफनो इजाजत पत्र नवीकरण नगराएमा बीमालेख लिनेको हक हित विरुद्ध वा ऐन अन्र्तगत बनेको नियम विपरित कुनै काम गरेको छ भन्ने कुरामा समिति विश्वस्त भएमा समितिले त्यस्ता बीमा अभिकर्ताको इजाजत पत्र खारेज गर्न सक्नेछ ।

इजाजत पत्र खारेज गर्नु पूर्व समितिले निजलाई लगाईएको आरोप उपर स्पष्टीकरण पेश गर्न मनासिव समय दिनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS