IME Life

बाख्रा बीमाको लागि अब छुट्टै पोलिसी

SPIL
NIC ASIA


बिमा समितिले बाख्रा बीमाको लागि छुट्टै बीमालेख जारी गरेको छ । पशु बीमालेख नै बाख्राको बीमाको गरिदै आए पनि व्यवहारिक रुपमा उपयोगी नभएपछि समितिले छुट्टै बीमालेख जारी गरेको हो ।

अन्य पशु र बाख्राको जोखिम एउटै नहुने भएपछि धेरै दाबीको समस्या पर्ने गरेको समितिले बताएको छ । तसर्थ कृषक र कम्पनीहरुको आवश्यकतालाई मध्यनजर गरी समितिले बाख्रा बीमालेख नै जारी गरेको हो ।

Prabhu
Crest

बिमालेख जारी गरेको छ । कृषकहरुको आवश्यकतालाई मध्यनजर गर्दै समितिले छुट्टै बाख्रा बिमालेख जारी गरेको हो । समितिले निर्माण गरेको उक्त बिमा सबै निर्जीवन बिमा कम्पनीहरुले विक्री गर्न पाउँनेछन् ।

यस बीमालेख अनुसार आगलागी, चट्याङ, भूकम्प, बाढी, डुबान, खडेरी, पहिलो र भूस्खलनका कारण बाख्रा मरेमा कम्पनीले ९० प्रतिशत रकम भुक्तानी गर्नेछ ।

त्यसैगरी आँधिवेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक र रोगबाट बाख्रा मरेमा कम्पनीले दाबी भुक्तानी गर्नेछ । उक्त बिमा योजनासँग कृषकहरुले २ लाख रुपैयाँसम्मको दुर्घटनाको मृत्यू बिमा समेत समावेश गरिएको छ ।

बीमालेखले सुरक्षण नगर्ने अवस्थाहरु

समितिले जारी गरेको बाख्रा बीमालेखले हराएको बाख्राको सुरक्षा प्रदान गर्दैन । त्यस्तै, कृषकले बीमा गर्ने समयमा बाख्राको सम्बन्धमा झुट्टा विवरण दिएरे भेटिएमा कम्पनीले क्षतिपूर्ति भुक्तान बाध्य हुँदैन ।

साथै कृषक वा उसको परिवारका सदस्यको लापरवाही, जानाजान, मनोरञ्जन वा रिसिईवी साध्ने गतिविधिबाट बाख्रा मरेमा पनि कम्पनी भुक्तानी गर्दैन ।

त्यस्तै, सरकारी निकायको आदेशमा बाख्रालाई नष्ट गर्नुपरेमा, बाख्राको शरीमा लगाई राखेको सङकेत पट्टा बीमा दाबीको अवस्थामा शरीरमा नभेटिएमा पनि कम्पनी दाबी भुक्तानीको लागि बाध्य हुँदैन ।

बीमालेखका शर्तहरु
समितिले जारी गरेको बाख्रा बीमालेख अनुसार व्यसायिक कृषकहरुले बाख्राहरुलाई अनिवार्य रुपमा संक्रमण रोगहरुको खोप लगाएको हुनुपर्नेछ । बीमालेख अनुसार २० भन्दा बढी बाख्रा पालन गरिएको अवस्थामा खोप लगाउँन पर्नेछ ।

यसरी लगाइएको खोप बारेमा प्राविधकबाट प्रमाणित गरी बीमकलाई जानकारी गराएपछि मात्रै उक्त रोगहरुको जोखिम बहन हुनेछ । साथै १० भन्दा बढी बयस्क बाख्रा पालिएको अवस्थामा आंशिक बीमा गर्न पाईनेछैन ।

कृषकहरुले बाख्राको बिमांक रकमको ५ प्रतिशत मात्रै बिमाशुल्क भुक्तानी गरी बीमा गर्न सक्नेछन् । बीमांक रकम भने स्थानिय पशुसेवा शाखाले तोकेका बमोजिम हुनेछ ।

नतोकिएको अवस्थामा बीमित, बीमक र प्राविधिकको सहमति अनुसार बिमांक रकम तोकिनेछ । तर, तोकिएको मूल्य हालको स्थानिय बजार मूल्य भन्दा बढी हुने छैन ।

त्यस्तै, आयातित बाख्राको बिमांक निर्धारण गर्दा अनिवार्य रुपमा सम्पूर्ण कागजात, हवाई टिकट, राजस्व तिरेको कागज, क्वारेन्टाईन प्रमाणपत्र पेश गर्नुपर्नेछ । यस्ता बाख्राबाट जन्मेको पाठापाठीको बिमा गर्दा अणुबंशिकिय गुणको आधारमा बिमांक कायम हुनेछ ।

दाबी प्रक्रिया
बिमा गरेको बाख्रा मरेको अवस्थामा कृषकले तीन दिन भित्र बीमा कम्पनीलाई जानकारी दिनुपर्नेछ । दाबी गर्दा सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फारम, गाउँपालिका, नगरपालिका, वडा कार्यलय वा सबैभन्दा नजिकको दुई जना छिमेकीको सर्जमिन मुचुकल्का संलग्न गराउँनुपर्नेछ ।

यदि २० वटा भन्दा बढी बाख्रखको बिमा गरिएको अवस्थामा अनिवार्य रुपमा सम्बन्धित स्थानिय निकायको पुशसेवा वा भेटेनरी अस्पताल, पशुसेवा विज्ञ केन्द्रबाट प्रमाणित गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS