IME Life

महालक्ष्मी लाइफ द्धारा ३५ जिल्लामा बीमा जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार सञ्चालनको १ महिना भित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गर्न सफल भएको छ । माघ २७ गते देखि कारोवार सञ्चालन गरेको नेपालको १९ औं जीवन बीमा कम्पनी महालक्ष्मीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको छ ।

प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७को २ वटा जिल्लामा अभिकर्ता तालिम तथा बीमा जागरण कार्यक्रम सञ्चालन भएको छ ।

Prabhu
Crest

जीवन बीमा व्यवसायको लागि अभिकर्ता नियुत्ति mअनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समज्ञ पु¥याउन आवश्यक भएकोले पनि तालिम र जनजागरण अभियान सञ्चालन गरिएको हो । एक महिनाको यो कार्यक्रममा हाल सम्म ६,३०० भन्दा बढी व्यक्तिले सहभागिता जनाएका छन् ।

कम्पनीले २०७५ चैत्र मसान्त सम्म अधिराज्य भरी अभिकर्ता तालिम र बीमा जागरण अभियानलाई निरन्तरता दिने र त्यस पछि बीमा व्यवसाय प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्यक्रम बनाएको छ । कम्पनीले बीमा समिति बाट स्वीकृति लिएको सातै प्रदेशको १३ वटा शाखा तथा उपशाखा तथा उपत्यका भित्रको १० वटा शाखा आउँदो चैत्र मसान्त भित्र सञ्चालन गरिसक्ने तैयारी गरिरेहको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS