कामना सेवा  बैंकका ग्राहकलाई  ग्रान्डि हस्पिटलमा उपचार सेवामा विशेष छुट

कामना सेवा विकास बैंक लिमिटेड र ग्रान्डि इन्टरनेशनल हस्पिटल बीच उपचार सेवामा विशेष छुट पाउने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुखसुवास भट्टराई र ग्रान्डि इन्टरनेशनल हस्पिटलको तर्फबाट मार्केटिङ्ग एण्ड बिजनेश डेभ्लोप्मेन्टका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार अब बैंकका प्रिपेड/डेबिट कार्डका ग्राहकहरुले ग्रान्डि इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौता सँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ७३ वटा शाखा तथा २९ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार