IME Life

निर्जीवन बीमा व्यवसायमा प्रगति गर्दै आईएमई जनरल इन्स्योरेन्स, हेरौ कम्पनी विस्लेषण

SPIL
NIC ASIA

कम्पनीको प्रकार: निर्जीवन बीमा

Prabhu
Crest

Symbol: IGI

प्रधान कार्यालय :काठमाडौ
सेयर रजिष्ट्रार : ग्लोबल आईएमई क्यापिटल
वेबसाईट : www.iginepal.com

पूँजी वृद्धिको अवस्था

आवश्यक न्युनतम चुक्ता पूँजी: १ अर्ब
हाल रहेको पूँजी :९७ करोड २० लाख
वृद्धि गर्नु पर्ने पूँजी : २ करोड ८० लाख
वृद्धि गर्नु पर्ने पूँजी प्रतिशत : ३ प्रतिशत
आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव : अझै बाँकी छ

प्रमुख गतिविधि

१ अर्ब  पूँजी पुर्याउने क्रममा कम्पनीले ८० प्रतिशत हकप्रद शेयर निस्काशन गरेको थियो । सो हकप्रद शेयर पश्चात कम्पनीको पुँजी ९७ करोड २० लाख पुगेको छ । बीमा समितिले तोकेको पूँजी पुर्याउन कम्पनीलाई अब करिव ३ प्रतिशतले आफ्नो पूँजी वृद्धि गर्न आवस्यक छ, जो आर्थिक वर्ष ७४र७५ लाभांस बाट सम्भावना धेरै छ ।

विगत केही वर्ष अघि वित्तिय अवस्था निकै नाजुक रहेको कम्पनीको नयाँ व्यवस्थापन संगै कम्पनीले आफ्नो व्यापार व्यवसायलाई फैलाउदै लागेको प्रस्ट हुन्छ।

आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को दोश्रो त्रैमासको वित्तिय विवरण :

कम्पनीले ८० प्रतिशत हकप्रद शेयर निस्काशन गरिसकेकोले सो हकप्रद शेयरलाई पूँजीमा समावेश गरेर प्रति शेयर आम्दानी गणना गरिएको छ ।

आईएमई जनरल इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद मुनाफा ५ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा ४ करोड ८२ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा ७६ प्रतिशतले वृद्धि भएको छ ।

  • इन्स्योरेन्सको जगेडा कोषको आकार २७ प्रतिशतले वृद्धि भएर १४ करोड ५५ लाख पुगेको छ ।
  • कम्पनीको बीमा कोष ७६ प्रतिशतले वृद्धि गरेर २० करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
  • कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ६० करोड ४९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा
  • शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा ४३ प्रतिशतले वृद्धि भएको छ ।
  • कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा ६३ प्रतिशतले वृद्धि भएर २६ करोड ४५ लाख पुगेको छ ।
  • यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम ९६ प्रतिशतले वृद्धि भएर १६ करोड ७५ लाख रहेको छ भने खुद दावी
  • भुक्त्तानी ७ करोड ९४ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा ६३ प्रतिशतले धेरै हो भने २५ करोड १२ लाख दावी भुक्तानी गर्न बाँकी छ ।
  • कम्पनीको प्रति शेयर आम्दानी ३३ प्रतिशतले कम हुँदै १२ रुपैयाँ ०४ पैसा रुपैँया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा १७ रुपैयाँ ८५ पैसा थियो ।

निष्कर्ष: 

कम्पनीले पुँजी वृद्धिको क्रममा निकै आक्रामक रुपमा हकप्रद शेयर निस्काशन गरेको छ । जसले गर्दा कम्पनीलाई भविष्यमा प्रति शेयर आम्दानी र लाभांसको सन्तुलन राख्न केही अप्ठेरो पर्ने देखिन्छ । कम्पनीले बीमा व्यवसाय भने फैलाउदै लागेको प्रस्ट हुन्छ ।

कम्पनीको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :

नेप्सेमा २०७५/११/३० गतेको कारोवार र पिभोट टेबल

उपलब्ध आधिकारिक तथ्यांकबाट तयार गरिएको यो विस्लेषण पूर्ण होइन, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS